बारा
प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै नेपाली काँग्रेस बाराले चार वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ ।
बारामा रहेका चार निर्वाचन क्षेत्रमा आज एकै साथ विरोध र्याली निकालिएको छ । र्यालीमा सहभागिहरुले प्रतिनिधिसभा सरकारको असंवैधानिक कदमको विरोध गरे ।
केपि ओलीले सर्वसत्तावादी चरित्र देखाएको कार्यक्रमा सहभागि नेता कार्यकर्ताहरुले आरोप लगाए । नेकपाको सरकारले गरेको संसद विघटन बेतिथिको पराकाष्ठ भएको पूर्वमन्त्री फरमुल्लाह मंसुरले बताए । वर्तमान सरकार नेकपा सरकार सर्वसत्ताबाद र भ्रष्टाचार प्रति उद्त बनेको उनले बताए ।
नेपाली काग्रेसले जील्लाको निर्वाचन क्षेत्र नं. १ को कोल्हवीमा, क्षेत्र नम्बर २ को बगडमपुर, क्षेत्र नं. ३ को सदरमुकाम कलैया र क्षेत्र नम्बर ४ को सिमरामा छुट्टा छुट्टै विरोध कार्यक्रम भएका हुन् ।
क्षेत्र नं. १ को विरोध सभालाई केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्यहरु उमाकान्त चौधरी क्षेत्र नं. २ को बगडमपुरमा राधेचन्द्र यादबको अगुवाई बिरोध कार्यक्रम भएको हो ।
यस्तै निर्वाचन क्षेत्र नं. ३ को कलैयामा केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुर, पार्टी सभापति जयचन्द्र चौरसिया र क्षेत्रिय सभापति मुकेश कुश्वाहाले विरोध कार्यक्रमलाई संवोधन गरेका थिए ।
र निर्वाचन क्षेत्र नं. ४ को सिमरामा नेपाली काग्रेसका केन्द्रिय सदस्य बृजलाल यादब, सबिधान सभाका सदस्य एवम नेपाली काग्रेसका पुर्व सचेतक शोभाकर पराजुली र क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतले विरोध र्याली पश्चात आयोजित कोणसभालाई संवोधन गरेका थिए ।
प्रतिनिधी सभा बिघटन असंवैधानिक कदम भन्दै सोका बिरूद्ध काँग्रेसले देशभरका निर्वाचन १६५ निर्वाचन क्षेत्रमा आज विरोधका कार्यक्रम गर्ने क्रममा बारामा पनि कार्यक्रमहरु भएका हुन् । सोही क्रममा केन्द्रीय सदस्यहरुको अगुवाईमा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम भएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले चारै क्षेत्रमा २० हजार जनाको सहभागितामा शसक्त बिरोध कार्यक्रम गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामवावु गुप्ताले बताए ।

सम्वन्धित समाचार :