मुकेश कुमार यादव
बरियारपट्टी पुुस १२
चन्दा उठाए। नेताहरुलाई पठाए। सामान्तिको भकारीको धान लुटे तर आज दुई छाक टार्न धौ धौ ।
सरकार र संसदिय दलहरू तथा माओवादी विद्रोहिहरूका बिचको संघर्ष हो । सशस्त्र रूपको यो युद्ध १९९६ देखि २००६ सम्म सतत् चलिरह्यो। नेकपा माओवादी द्वारा १ फागुन २०५२ वि सं (१३ फरवरी १९९६) देखि थालिएको यो युध्द नेपालको राजतन्त्रको अन्त्य र सङ्घीय गणतन्त्रकोस्थापनाको लागि लक्षित थियो । र यो २१ नभेम्बर २००६ का दिन तत्कालीन सरकार र माओवादी विद्रोहीका बिच भएको बृहत शान्ति सम्झौतामा टुंगियो।
नेकपा माओवादीले सशस्त्र युद्दको उद्घोष तीन पटक डमाहा बजाएर सिरहाको भलुवाई छेउको गाउँबाट गरेको थियो।
यतिबेला पार्टी अध्यक्षका हैसियतले पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सशस्त्र क्रान्तिको उद्घोष गर्दै भनेका थिए( ‘लौ साथी हो! नेपालमा जनयुद्द सुरू भयो। जनयुद्दमा तपाईहामीले आहुती पनि दिनुपर्ने हुन्छ। हामीहरुको फेरि भेट नहुन पनि सक्छ।’
प्रचण्डले यसरी डमाहा बजाएर २०५२ सालमा जनयुद्द सुरू भएको उद्घोष गरिरहँदा छेउमै रहेका बरियारपटी, सिरहानिवासी एक लक्का जवान बिलेक्षण यादवका नसामा तातो रगतको सञ्चार भएको थियो।
यतिबैलै उनले प्रण गरेका थिए– समाजमा विधमान शोषण, अन्याय र अत्याचार उखलेर नफ्याकेसम्म विश्राम नलिने। उनले प्रचण्डसामु मुठ्ठी कसेर लालसलाम गर्दै सपथ खाए( दीर्घकालिन जनयुद्द जिन्दावाद! नेकपा माओवादी जिन्दावाद !! कामरेड अध्यक्ष जिन्दावाद !!!

। चन्दा उठाए। नेताहरुलाई पठाए। सामान्तिको भकारीको धान लुटे तर आज दुई छाक टार्न धौ धौ ।
सिरहाको भलुवाई छेउको गाउँमा भएको सभापछि जनयुद्द सुरू भयो।
बिलेक्षण पनि जनयुद्दमा होम्मिए। युद्दको महोल देशभर बढ्दैजाँदा सिरहाका ग्रामिण भेगमा पुगेर उनले जनयुद्दका कार्यभार पूरा गर्दै गए।
बिगत सम्झिदै उनले भने, ‘गरिबलाई बाँडे। म एरिया सहसेक्रेटरी थिएँ। बन्दुकको नालबाट गरिब जनताको अधिकार प्राप्त हुन्छ। साम्यवाद आउँछ भनेर युवालाई जनयुद्दमा लाग्न प्रेरित गरेको आजै जस्तो लाग्छ मलाई।’


त्यतिबेला सत्ताको खेलमा लागेका संसदवादी दलको कारण जनयुद्द जोरतोडका साथ चल्यो। १७ हजार नेपाली मारिए। धेरैको सिन्दूर पुछियो। धेरै टुहुरा भए। अपाङ भए। तत्कालिन शाही नेपाली सेनाको तारबारलाई समस्या देखाएर प्रचण्ड शान्तिपूर्ण संसदीय राजनीतिमा भाँसिए।
हाल गाउँमा जोगीको जीवन बिताइरहेको उनले तितो पोखे, ‘प्रचण्डले धोका दिए। शान्तिपूर्ण राजनीतिमा अवतरण गर्नसाथ बिलक्षणको समुहमाथी जयकृष्ण गोईतको जनतान्त्रिक मुक्ति मोर्चाले बरियारपटीमा आक्रमण गर्यो। उनका ५ साथी आँखै अगाडि सहिद भए। ‘म पापी चाहिँ बाँचे,’ बिलक्षणले भने। ८३ बर्षका भए बिलक्षण। अहिले जोगी बनेर डुलिहिँड्छन्। भन्छन्, ‘रामभक्त बनेको छु। रामले अन्याय अत्याचारबिरूद्द धनुष उठाएकाले रामभक्त बनेको हुँ।’
उनी अहिलेको राजनीतिक अवस्था आउनुमा प्रचण्डको ठूलो हात रहेको बताउँछन्। उनी भगवान रामजस्तै अन्याय र अत्याचारविरुद्ध धनुष उठाउनु परे पछि नहट्ने अठोट व्यक्त गर्छन्।

सम्वन्धित समाचार :