पुष्पराज खतिवडा
बारा
रौतहट जिल्लाको कटहरिया–९, मा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल प्रा.लिमिटेडले उखु लगाउने किसानसँग खरिद तथा भुक्तानी ग्यारेन्टीको लिखित सम्झौता गर्ने जनाएको छ ।
गत विहिबार जीतपुरसिमरा उपमहानगरपालिका–१८, बडहर्वामा किसानहरुसँगको भेलामा उक्त उद्योगका संचालक बैजु प्रसाद बाबराले यस्तो सम्झौता गर्ने प्रतिवद्धता गरेका हुन् । उनले आफुहरुले दुईबर्ष अघिबाट संचालनमा ल्याएको उद्योग किसानहरुसँगको सहकार्य र वहाँहरु संतुष्टीबाट संचालन गर्ने नीति लिएको बताए ।
यसअघि चिनी उद्योगहरुले किसानसँग सामन्य विवरण फारम भराएको भरमा खेती गराउँदै आएका थिए । र पछि गर्ने र भुक्तानीका बेला दुःख दिने गरेका थिए । भरखरै संचालनमा आएको बाबा बैजनाथ भने पहिलो पटक लिखित रुपमा खरिद तथा भुक्तानी सम्झौता गर्न प्रतिबद्ध बनेको हो ।
खरिद ग्यारेण्टी मात्रै हैन तत्काल भुक्तानीको समेत ग्यारेन्टी गर्न तयार छु , बाबराले भने । कुनै पनि समस्या मिलेर समाधान गर्ने प्रयास गर्ने छौं । किसान र उद्योग विचको सम्बन्ध नङ्ग मासु जस्तै हो , त्यो कुरा राम्ररी बुझेको छु । कुनै दिन यो वा त्यो वहानामा दुःख दिने छैनौं, उनले भने । किसानको उखु नगदमै किन्ने यस अघिनै घोषण गरेको उद्योगले हाल खरिद र भुक्तानी नियमित गरिरहेको बाबराले बताए ।
भेलामा सहभागिहरु किसानहरुले जिल्लामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रा.लिमिटेडबाट विगतमा उखु बिक्रि र भुक्तानीमा पाएको दुःखको बाबरालाई स्मरण राएका थिए । आफ्नै घर निजिकै भएको उद्योगले चलान पूर्जी दिने बेला देखी भुक्तानी सम्ममा दिएको दुःखको स्मरण गर्दै स्थानिय उखु किसानले बाबा बैजनाथबाट त्यस्तो नहुने ग्यारेन्टी मागेका थिए । बडहर्वा चोक स्थीत उद्योगको कार्यालयमा उपस्थीत किसानहरुले खेती गरेर पछुताउनु पर्ने वाध्यता आउन नदिने लिखित सम्झौता गर्न कटहरिया उद्योग तयार हुने कि नहुने भनी प्रश्न गरेका थिए ।
किसानहरुका तमाम प्रश्नपछी उद्योग संचालक बाबराले लिखित सम्झौत गर्ने प्रतिवद्धता जनाउँदै तत्काल कार्यान्वयन गर्न मातहतलाई सुझाए ।
गतबर्ष देखी नै बाराका किसानहरुको उखु खरिद गर्दै आएको बाबा बैजनाथ उद्योग किसान मैत्री देखिएको उखु किसान लक्ष्मी चौधरीले बताए । आफुहरु उसैसँग लिखित सम्झौता गरि उखु खेती गर्ने तयारी जुटेका छौं, चौधरीले सुनाए ।
६ लाख क्विन्टल भन्दाबढी बाराको उखु खरिद गर्ने तयारीमा उद्योग रहेको छ । नेपाल सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैंया मध्य सरकारी अनुदान वाहेकको दरमा नगदै उखु खरिद गर्ने तयारी थालिएको बाबा बैजनाथ चिनी उद्योगका उखु महाप्रबन्धक उपेन्द्र प्रसाद यादवले बताए ।
जिल्लामा यसबर्ष ५ हजार ६सय विगाहमा उखु खेती छ । १० देखी १२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ । ५० प्रतिशत उखु कटहरीया रौतहट लैजान्छौं, यादवले भने । अघिल्लो बर्ष बारा ९ हजार विगाह क्षेत्रफलमा उखु खेती भएको थियो । यस बर्ष उखु खेती घटेको उनले बताए ।
फोटोमा ः विहिबार बडहहर्वामा उद्योग संचालक बाबरासँगको छलफलमा किसान प्रतिनीधिहरु ।