बारा
थारु पत्रकार संघ नेपाल बारा शाखाले यहि पौष २९ गते माघि मिलन कार्यक्रम गर्ने भएको छ । रेडियो कोल्हवी बाराको प्राङ्गणमा शाखाका अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय भएको हो ।
आफ्नो भाषा , कला , रितिरिवाज तथा साँस्कृतीक जोगाउनको निमित प्रत्येक वर्ष थारु पत्रकार संघ नेपाल बाराले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा थारु समुदायको विभिन्न परिकार तथा साँस्कृतिक झल्किने गरी कार्यक्रम गरिने छ । यस्तै घुँगी, माछा, ठेकुवा लगायतका विभिन्न परिकार प्रदर्शन सहित अतिथी सत्कार गरिने शाखाका सह–सचिव मिनाक्षी चौधरीले जानकारी दिए ।
बैठकमा थारु पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष दुष्यन्त चौधरी , केन्द्रिय सदस्य रेनु कुमारी चौधरीको विशेष उपस्थिती रहेको थियो ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy