लहान पुस ११ । सशस्त्र प्रहरी बल गोलबजारले विषेश सुचनाको अधारमा संसारको दुरलभ सालक तस्कर वाट पक्राउ गर्न सफल भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर २ लालपुर स्थित केही व्यक्तिहरुले प्रतिबन्धित सालकको अबैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको अधारमा सशस्त्र प्रहरी बल गोलबजार बाट खटिएको टोलि हेरेपछि उक्त सालक र स १० प ३३३० मोटरसाइकल छोडेर तस्कर फरार भएको सशस्त्र प्रहरी वलको डिएसपि कमल अचार्य वताएका छन । सालक डिभिजन वन कार्यालय लहान वुझाएको अचार्य जानकारी गराए ।
नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । सालकको दांँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ ।
तराई र पश्चिमी भूभागमा ईन्डियन सालक पाईने गरेको छ भने २ हजार ५ सय मिटर उचाईसम्म पूर्वदेखि रोल्पा सुर्खेत क्षेत्रमा चीनिया सालक पाईने गरेको छ । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट क्षतिको चाल पाउँदा डल्लो परेर बस्छ ।
विश्वमा पाइने आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति– कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन र तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन नेपालमा पाइन्छ । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयुसिएन ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ ।