नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुसँगको छलफलमा निकै व्यस्त रहने व्यक्तिका रुपमा चिनिन्छन् । उनी मुलुकभित्र र बाहिर दुबैतर्फ निकै व्यस्त रहने गरेका छन् ।

वास्तवमा, २०२० को सुरुवातबाट प्रधानमन्त्री मोदीले विश्वका नेताहरुलाई नयाँ वर्षको शुभकामना दिएका थिए । जनवरी २०२० को पहिलो दुई हप्तामा उनले ११ भन्दा बढी विश्व नेताहरूसँग कुरा गरेका थिए । जसमा छिमेकी देशका नेताहरू मात्र नभई अष्ट्रेलिया, अमेरिका, फ्रान्स र रुसका नेताहरु पनि थिए ।

गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथिका रूपमा ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरो र फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणले वर्ष २०२० प्रधानमन्त्री मोदीका लागि विश्वव्यापी नेताहरुसँगको व्यस्तता वर्ष बन्‍यो । त्यसपछि कोभिड -१९ महामारीले संसारलाई नै रोक लगायो ।

महामारीले विश्वका नेताहरूलाई भौतिक भेटघाटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र प्रमुखहरु महामारीको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन व्यस्त भए । प्रधानमन्त्री मोदीले भने आफ्नो आन्तरिकरुपमा महामारी नियन्त्रणका लागि विश्वभर औषधि उपलब्ध गराउन सफल भए । महामारिका समयमा भारतले अमेरिका, अस्ट्रेलियालगायतका धेरै मुलुकलाई कोरोनाविरद्धको औषधि रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्‍वाइन वितरण गर्‍यो ।

भारतले वाणिज्य रूपमा ८२ मुलुकमा ५६० मिलियन हाइड्रोक्सीक्लोरोक्वाइन ट्याबलेट र ५३.१३ मेट्रिक टन हाइड्रोक्सीक्‍लोरोक्‍वाइनका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरेको थियो । त्यसैगरी कोरोना महामारीविरुद्ध लड्न भारतले विश्‍वभरका ९६ मुलुकहरुमा १५४ मिलियन युनिट प्यारासिटामोल र १६०५ मेट्रिक टन एपीआई उपलब्ध गराएको थियो ।

२०१६ मा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो विदेश नीतिको टोलीलाई भारतीय परियोजनाहरू भीभीआईपीहरुको उद्‌घाटनका लागि नरोक्‍न निर्देशन दिएका थिए । प्रधानमन्त्री मोदीले वैदेशिक सम्मेलनहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने पनि उनले बताएका छन् ।

सन् २०२० मा महामारी सुरु हुनुअघि उनले नेपाका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाछ संवाद गरेका थिए । २१ जनवरीमा दुई मुलुकका प्रधानमन्त्रीबीच संवाद भएको थियो । त्यसकारण, पीएम मोदी सहजै मात्र होइनन्, डिजिटल माध्यमलाई प्रबर्द्धन गर्न पनि उत्सुक थिए ।

महामारी युगमा पहिलो यस्तो भर्चुअल शिखर सम्मेलन सार्क नेताहरू संग १५ मार्चमा भएको थियो । उनले साउदी नेतृत्वसँग पनि सम्पर्क गरेका थिए भने विश्वका अन्य नेताहरुसँग २६ मार्चमा जी-२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

त्यसपछि भर्चुअल सम्मेलको ढोका खुल्यो । एनएएम, एससीओ, आसियान, पूर्वी एशिया शिखर सम्मेलन, ब्रिक्स र जी -२० सबै सम्मेलनहरु भर्चुअल ढाँचामा आयोजित थिए ।

प्रधानमन्त्री मोदी आफैंले जम्मा १७ वटा यस्तो शिखर सम्मेलनहरु गरे । जसमा उनले अष्ट्रेलिया, युरोपियन युनियन, श्रीलंका, डेनमार्क, इटाली, लक्जमबर्ग, उज्बेकिस्तान, बंगलादेश र हालसालै भियतनामका नेताहरुसँग संवाद गरे । यी द्विपक्षीय भर्चुअल शिखर सम्मेलनहरू प्रधानमन्त्रीका सबै बहुपक्षीय व्यस्तताका अतिरिक्त थिए ।

प्रधानमन्त्री मोदीले विश्व नेताहरूसँग सम्पर्कमा रहन फोन कलको बृहत प्रयोग गरे । उनले विश्वका नेताहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । महामारीको बीचमा पदभार ग्रहण गर्नेहरूलाई बधाई दिए, महामारीले विभिन्‍न मुलुकले व्यहोरेको संकटप्रति सहानुभूति प्रकट गरे । उनले विश्वका नेताहरुसँग ९० भन्दा बढी फोन कलमार्फत संवाद गरेका छन् ।

सन् २०२१ मा खोपले विश्व सुरक्षित बनाउँछ अथवा बनाउँदैन, त्यो आगामी वर्ष थाहा हुनेछ । तर, एउटा कुरा पक्का छ कि प्रधानमन्त्री मोदी भू-राजनीतिको विषयमा गभ्भीर छन् भने संसारका नेताहरुसँगको संवादमा व्यस्त रहने निश्‍चित छ ।

सम्वन्धित समाचार :