पुष्पराज खतिवडा
बारा
७ पौष २०७७
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले न्युनतम् सर्मथन मुल्यमा धान खरिद गर्न सूरु गरेको छ ।
मंगलबार विशेष कार्यक्रमको आयोजना समेत गरि संस्थाले कलैया उपमहानगरपालिका २ दोहरीबाट धान खरिद गर्न थालेको हो । प्रधानमन्त्री आधुनिकिकरण परियोजना ईकाई कार्यालय बाराका प्रमुख डा. सुरेन्द्र यादवको विषेश उपस्थीतिमा सहकारीले सर्मथन मुल्यमा धान खरिद गर्न थालनी गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका यादवले जिल्लाका ५ वटा सहकारीलाई सर्मथन मुल्यमा धान खरिद गर्न कार्याआदेश दिएको जानकारी दिनुभयो । मनहर्वा सहित हाल ३ वटा सरकारी मुल्यमा धान खरिद सुरु गरेका छन् ।
आवश्यक सहजिकरण नियमन र अनुगमन गर्नेकाम कार्यालयले गरिरहेका छौं । यस अघिका बर्षहरुमा कहाँ कसरी सरकारी मुल्यमा धान खरि हुन्थ्यो । त्यसको लाभ कल्ले लिन्थ्यो । सर्वधारण र किसानलाई थाहा हुँदैन थियो । यस पटक सरकारले स्थानिय सहकारीलाई जिम्मा दिएर राम्रो गरेको यादवको भनाईछ । वहाँले यसको भरपुर उपयोग गर्न किसान र सहकारीलाई आग्रह समेत गर्नु भयो ।
सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको २ हजार ८८५ न्युनतम् समर्थन निर्धारण यस अघि नै गरेको छ । किसानको धान समर्थन मुल्यमा खरिद गरे वापत प्रतिक्विन्टल ११२ रुपैंया सहकारीलाई अनुदान दिने जनाएको छ ।
बजारमा २ हजार ४०० सम्ममा खरिद भैरहेको सोना मंसुली धान सहकारीले ३७५ बढि मूल्य तिरेर खरिद गरेको संस्था अध्यक्ष नयनकला खड्काले बताउनु भयो । सरकारी ढिलाईका कारण यसबर्ष अधिक किसानको धान खरिद गर्न नसकिने अवस्था छ । धेरै किसानले यस अघिनै ब्यपारिलाई धान बेचिसेका छन् । आगामी बर्ष समयमै सरकारले वातावरण बनाए अधिक धान खरिद गर्ने योजनामा संस्थाको रहेको वहाँको भनाईछ ।
संस्थाले दोहरीमा घरभाडामा लिएर भण्डारण समेत सुरु गरेको छ । यही पौष महिनाको हरेक हप्ताको मंगलबार र सुक्रबार संस्थाले दोहरीबाट धान खरिद गर्ने छ । धानको रकम बढिमा १५ भित्र सहकारीले संबन्धीत किसानको खाता मार्फ भुक्तनी गर्ने ब्यवस्था मिलाईएको सहकारी संस्थाको धान खरिद उपसमितिकी संयोजक शर्मिष्ठा दाहालले जानकारी दिनु भयो ।
घर आँगनमै सरकारी समर्थन मुल्यमा धान विक्रि गर्न पाउँदा खुशी लागेको सहकारीलाई धान बिक्री गरेका स्थानिय मुकेश यादवले बताउनु भयो । हामी खुशी छौं । कार्यक्रम अलि अगाडीबाटै सुरु भएको भए धेरै किसान लाभान्वीत हुन सक्थे, ढिला भयो धेरै किसान कम मूल्यमा धान बेचेर गर्जाे टार्न बाध्य भए, वहाँले भन्नु भयो ।