पुष्पराज खतिवडा
बारा
७ पौष २०७७

प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कांशीराज दाहालले ब्यक्तिगत लाभका लागि मात्रै खोलिएका सहकारीहरुलाई नियन्त्रण गर्न जरुरी भएको बताउनु भएको छ ।

मंगलबार करैयामाई गाउँपालिका ५ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको १०औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै दाहालले झोले सहकारीका विरुद्ध सबैले खबरदारी गर्न र कार्वाहीमा सहयोग पु¥याउन आग्रह समेत गर्नु भयो ।

संस्थाले खाध्य संकलन केन्द्र परिषरमा आयोजना गरेका कार्यक्रमको दाहाल सहित भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रायकी सचिब सम्झना कुमारी काफ्लेले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथी समेत रहनु भएका सचिव दाहालले सहकारी आन्दोलन राष्ट्र निर्माणका लागि भएको बताउनु भएको छ । सहकारी धेरै छन् । सहकारीले ग्रामिण अर्थतन्त्रचलायमान बनाउनुका साथै रोजगारी श्रृजना गरेर राष्टलाई सहयोग गरेको बताउनु भयोे ।

कृषि सहकारीको सभालाई सम्बोधन गर्दै सचिव दाहालले कृषि क्षेत्रमा समस्या धेरै रहेका र तीमध्य सिँचाई,मल, विउ विषादी लगायतको सहजता सबैको साझा समस्या भएको बताउनु भयो । यस्ता समस्या राष्टिय हुन् विस्तारै समाधान हुदैजाने छन् । त्यसका लागि तीनै तहका सरकारले कृषिलाई प्राथमिकता दिनु पर्ने वहाँको भनाई थियो ।

प्रदेश २ भरि किसानका विभिन्न खालका समस्या छन् । तत्काल समाधान गर्न सक्ने अवस्था सरकारसँग छैन । खर्च धेरै गर्नु पर्नेछ । बजेटको श्रोत कम छ । जती छ, त्यसै भित्र काम गर्नु पर्ने बाध्यता छ, सचिव दाहालले बताउनु भयो । कृषि क्षेत्रको विकासमा तीनै तहको सरकारको सहकार्य जरुरी छ ।

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव सम्झना कुमारी काफ्ले

यस्तै कार्यक्रमा सहभागि भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव सम्झना कुमारी काफ्लेले साना किसान कृषि सहकारीहरुमा महिला सहभागिता लोभ लाग्दो पाईएको बताउनु भयो । महिलाको हित, शुरक्षा र आर्थीक उपार्जनसँग सम्बन्धीत कार्यक्रम संचालन गर्न सहकारीहरुसँग सहकार्य गर्न मन्त्रालयले सहयोग गर्ने बताउनु भयो ।

यसैगरी कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र प्रसाद यादवले भारतका ब्यपारिले खुला सिमाको फाईदा उठाउँदै मोटा चामललाई बास्मती बनाएर नेपालका बजारमा बिक्री गर्दा नेपाली किसान मर्कामा परेका बताउनु भयो । सक्षम कृषि सहकारीहरु मार्फत नेपालमा समेत त्यस्तो प्रविधिको उपयोग गर्न सके यहाँका लाखौं किसान लाभान्भीत हुने वहाँको भनाई थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रलाल सहनी, करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामी, उपाध्याक्ष अनिता चौधरी, साना किसान कृषि सहकारी संस्था मनहर्वाकी अध्यक्ष नयनकला खड्का, फत्तेपुरका कनाईलाल थारु लगायतको कार्यक्रमा सहभागिता रहेको थियो ।

संस्था बचत तथा ऋणको कारोबार सहित धान खरिद दुघ संकलन, रेमिट्यान्स लगायतको कारोबार गर्दै आएको छ । आर्थिक बर्ष २०७६।०७७ गरेको कुल २१ करोड ८५ लाखको कारोबारमा २४ लाख ८१ मुनाफा समेत गरेको संस्थाले १० प्रतिशत लाभाशं वितरण गर्ने जनाएको छ ।

कर्यक्रम संस्था अध्यक्ष कान्ती देवीको अध्यक्षता एवं प्रबन्धक भुपेन्द्र चौधरीको संचालनमा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार :