सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक कदम रहेको बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले संसद विघटन गरेर लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएको बताए।

‘प्रधानमन्त्रीबाट यो कदम चालिएको हो भने असंवैधानिक छ। यो लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो,’ उनले भने,’यसलाई तुरून्त फिर्ता लिएर बसेर छलफल गर्नुपर्छ।’

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस  गर्ने निर्णय गरेको थियो। उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली अहिले राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका छन्। 

सम्वन्धित समाचार :