बारा

३ पौष २०७७
काठमाडौंमा जारी उखु किसानको आन्दोलनमा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले एक्यवद्धता जाएको छ । सुक्रबार जिल्लाको सदरमुकाम कलैयमा संघको अगुवाई एक्यवद्धता कार्यक्रम सम्पन्न भएको हो ।
सदरमुकाम कलैया स्थीत भरतचोकमा जम्मा भएर कृषि संघबाराका प्रतिनिधी एवं उखु किसानहरुले उखुको पैसा माग्दै आन्दोलनरत किसानहरुको पक्षमा आवाज उठाएका हुन् ।
उनीहरुले किसानको बाँकी रकम तत्काल भुक्तानी गर । किसानको पसिनामा खेलवाड बन्द गर । किसान एकता जिन्दावाद । किसानको पिडा बुझ सरकार । किसानको सम्मान गर । मल ,विउ विषादी सिंचाई नि ःशुल्क गर । उत्पादनको बजार सुनिश्चत गर । खेती गर्ने वातावरण बना। किसानको माग पुरा गर । पैसा नर्तिनेलाई कार्वाही गर । किसान मार्न पाँईदैन लगायतका नारा लेखिएका प्लेकाड बोकेका थिए ।


नगर परिक्रमापछि आयोजित कोणसभा लाई सम्बोधन गर्दै साना किसान कृषि बाराका अध्यक्ष मिश्रलाल सहिनीले राज्यले किसानको पक्षमा काम गर्न आनाकानी गरेको बताए । आफ्नै उत्पादन उधारोमा बेचेका किसान पैसा उठाउन आन्दोलन गर्नु पर्ने कुरा दुईतिहाई नजिको सरकारकालागि सरमको कुरा भएको उलले बताए ।


यस्तै कार्यक्रममा उखु उत्पादक किसान संघ बाराका सचिव गोरख प्रसाद यादवले कर्जामा खेती गरेर उधारोमा डुब्नेका किसानको बाँकी रकम तत्काल भुक्तानी गर्न सरकार र उद्योगिलाई आग्रह गरे । जोडोको प्रवाह नगरि आन्दोलनमा लागेका किसानको जीवन रक्षा गर्न यादवले माग गरे ।
कार्यक्रममा सहकारी अभियानका विश्वनाथ लामिछाने, झपेन्द्र बराल, अरुण चौधरी लगायत दुईदर्जन बढि किसान प्रतिनीधि एवं सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार :