Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी

न्युजडेस्क न्युजडेस्क
२९ मंसिर २०७७, सोमबार
उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी
38
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी : सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको बताएकी छन् । उनले यो कार्यमा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेताहरु समेत मिलेको बताइन् ।

‘आफूलाई दल त्याग ऐन अनुसार निकालेको भनिएपनि दल त्याग नगरेको सबैलाई थाहा छ’ सप्तरी सदरमुकाम राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, “चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।”

आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले आरोप लगाईन् ।
‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन’ गिरीले भनिन्, “तर नेताहरुले यहाँ नआउनुस । भिडियोमै खुशियाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।”
चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।

उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई देशलाई बनाउन खोजेको उनले आरोप समेत लगाइन् ।
‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, “उनको यो तिब्बत बनाउने योजना हो । त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।”
मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको उनले बताइन् ।
भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको उनले बताइन् । ‘नेपाल र भारतबीच रोटीबेटीको, संस्कृतिको सम्बन्ध छ’ उनले भने, “यो सम्बन्धलाई कसैले तोड्न सक्दैन् ।”
चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् ।

भट्टराईले न्याय लिन दिएन्

आफूलाई सांसद र साधारण सदस्यता समेतबाट हटाइएपछि न्यायालयमा जाँदा पनि न्यायको बाधक पार्टीकै नेताहरु बनेको उनको दावी छ । सांसद पदबाट हटाइएपछि सर्वाेच्चमा रिट दायर गरेको उनले बताइन् । रिटमा गिरीको पक्षमा फैसला सुनाइए महाअभियेग लगाउने भनेर बाबुराम भट्टराईले न्यायाधीशलाई धम्की दिएको उनले बताइन् ।
न्यायाधीश पनि पार्टीको भागबण्डाबाट नियुक्त हुने भएकाले उनीहरुले नेताको मात्रै कुरा सुन्ने गरेको गिरीको दावी छ ।
‘यो देशमा सबै संयन्त्र नेताको बन्धक बनेका छन्’ गिरीले भनिन्, “नेताले न्यायाधीश, प्रहरीसहित राज्य संयन्त्रका कर्मचारीलाई दिनमा रात भनेपछि उनीहरुले पनि रात नै भन्छन् । त्यसैले यहाँ न्याय पाउन कठिन छ ।”
नेकपाका नेताले देशमा समाजवाद उन्मुख राज्य बनाउँछौं भनेपनि अधिनायकवादी व्यवस्था ल्याइएको उनले बताइन् ।

रेणुलाई खोई स्पष्टिकरण पनि ?

सप्तरीमा आएर भाषण गरेकी सरिता गिरीले यहींकी पार्टी नेतृ रेणु यादवबारे पनि बोलिन् । ‘मैले केहि नगर्दा पनि सांसद र पार्टीबाट निकालियो’ उनले भनिन्, “तर रेणु यादवले त पार्टी विभाजन गर्न लागेको थियो । उनीसँग किन स्पष्टिकरणसम्म सोधिएन् ?”
उपेन्द्र मधेश विद्रोहका नायक भएपनि अहिले राज्यसत्तासामु आत्मसमर्पण गरेको उनले बताइन् । ‘जुन राज्य सत्ताको बिरोधमा लाखौं लाख मधेशीलाई उतारेर सयौंलाई शहीद बनाइयो, अहिले तीनै उपेन्द्र यादव बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठसँग मिलेर आत्मसर्पण गरिसकेका छन्’ उनले भनिन् ।

१९५० को सन्धी पुनरावलोकन हुन दिन्नौं

नेतृ गिरीले सन् १९५० को सन्धी पुनरावलोकन नगर्न भारतसँग अनुरोध गरिन् । ‘यो सन्धी त्यत्तिबेलासम्म हुनुहुँदैन जति बेलासम्म मधेशको आवाज भारतसमक्ष नपुगोस्’ उनले भनिन्, “नेपालका ५० प्रतिशत जनसंख्या भएको मधेशीलाई नजर अन्दाज गरेर त्यो सन्धीको पुनरावलोकन हुनुहँदैन् । र, हामी हुन दिन्नौं पनि ।”
उनले यदी यो सन्धीको पुनरावलोकन हुन्छ भने १८१६ को सन्धी पनि समावेश गर्न माग गरिन् । ‘अंग्रेजले नेपालसँग गरेको १८१६ को सन्धी पनि समावेश गरियोस् र त्यसको जिम्मेबारी भारतले स्वीकार गरोस्’ उनले भनिन्, “नेपाली शाषकबाट मधेशीको दमन नहोस् त्यसका लागि हामीलाई सहयोग पनि गरियोस् ।”



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२९ मंसिर २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२९ मंसिर २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२९ मंसिर २०७७, सोमबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२९ मंसिर २०७७, सोमबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२९ मंसिर २०७७, सोमबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२९ मंसिर २०७७, सोमबार
Next Post
जोखिम भत्ता नपाएको भन्दै संयोजक यादव गैर जिम्मेवार भएकोमा आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा

जोखिम भत्ता नपाएको भन्दै संयोजक यादव गैर जिम्मेवार भएकोमा आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी