बारा
२९ मंसिर २०७७
०६७ सालमा सुकुम्बासी आयोगलले बितरण गरेको नक्सा हराएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाबासी सडक आन्दोलनमा ओर्लिएका छन् । नक्सा नापी कार्यालय सिमरामा नभेटिएभन्दै सरकार बिरुद्ध पथलैया बासीे आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले ए सरकार नक्सा दे , लालपुर्जा दे राजस्ब लि, स्थानीय सरकार काँहा छस् जस्ता नारा र प्ले कार्ड बोकेर सोमबार अपराहन्न एक घण्टा पथलैया चोकमा नारा जुलुस गरेका छन् ।
पथलैयाबासीलाई लालपुर्जा बितरण गर्दा नापी कार्यालयका तात्कालीन प्रमुख र केही स्थानीय नेताले रकमको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको स्थानीयबाट बिरोधपछि नापी कार्यालयबाट नक्सा बेपता पारीएको स्थानीयहरुको आरोप छ ।
आन्दोलनमा सहभागी स्थानीय उद्धब राईले हराएको पथलैयाको नक्सा खोजी गरिदिन सरकारसँग माग गरे । नक्सा खोज्ने कार्यमा स्थानीय सरकार समेत उदासी बनेको उनको गुनासो छ ।
जितपुर सिमरा उपमहानगर लगायतका जिल्ला स्थीत कार्यालयका प्रमुखहरुसँग हराएको नक्सा खोजी गरीदिन पटक पटक आग्रह गर्दा बेबास्था भएपछी सडकमा आउनु परेको राजकुमार लामाले बताए । चरणबद्ध आन्दोलनको आजबाट सुरु भएको उनले बताए ।
नक्सा नभएकै कारण स्थानीय तथा संघिय सरकारले पथलैयाबाट कुनै प्रकारका कर लिन नसक्दा लाखौ राजस्ब समेत गुमेको छ । पुरै वडाको सरकारी नक्सा बेपता बन्दा स्थानीय सरकारले बेबास्था गरेको भन्दै बारा पथलैयाका स्थानीयले सोमबार देखी आन्दोलन थालेका छन् ।
सरकारले सुकुम्बासी समस्या समाधान आयोज मार्फत आयोग ०६७ मा उक्त वडामा ८ सय परिवारमा जग्गाधनी पूर्जा वितरण गरेको थियो । प्राप्त गरेका १० बर्षपछी चलनचल्तीमा आउने भनिएपनि हालसम्म पूर्जा चल्तीमा छैन । पूर्जा चलनचल्तीमा ल्याईदिन भन्दै यहाँका बसिन्दा लामोसमयबाट आन्दोलित छन् ।