बारा
२९ मंसिर २०७७
नेपाली काँगेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री फरमुल्लाह मंसुरले बर्तमान सरकार असफल भएको भन्दै प्रधान मन्त्री केपी शर्माको राजिनामा मागेका छन् ।

सोमबार जिल्लाको सदरमुकाम कलैया नेपाली काँगे्रस बाराले सरकारको बिरोधमा सभाको आयोजना गरेको छ । उक्तसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पुर्व मन्त्री मंसुरले जनताको भावनामा सरकारले ठेस पुर्याउने गतिविधि बढाउने ओलीले सरकारमा बस्ने नैतिकता गुमाएको बताए । मुलुकमा भ्रष्टचार, बेथीती बढेको ओलीकै कारण हो, त्यसैले ओलीले राजीनामा गरेर राष्टलाई सहयोग गर्नु पर्छ मंसुरको भनाई छ ।

विधीको शासन कायम गर्न नसक्नु, हत्या , हिंसा, बलात्कार जस्ता गलत काम गर्नेहरुलाई कार्यवाही साटौ काखी च्याप्ने काम सरकारले गरेको छ । सरकार मुलुकमा तानाशायी ब्यवस्था लाद्न लागिपरेको मंसुरको आरोप छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतिर अग्रसर हुुनु पर्ने सरकार टिक्नकै लागि अनेक प्रपन्चमा ब्यस्त रहेको छ । सरकारको नेतृत्व गरेको पार्टी आफैं सन्तुलीत छैन । त्यसको दोषी सरकार प्रमुख ओली हुन् । उनको सरकारपुर्ण रुपमा असफल भईसकेको छ । त्यसैले नैतिकताको अधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने मंसुरले बताए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री उमाकान्त चौधरीले तराई मधेसका जनताको हित नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताए । मधेसकेन्द्रित पार्टीहरुले मधेसीजनताको सम्मान गर्न नसेको उनको भनाई थियो । सोझा मधेशी जनताको मतबाट सत्ता र शतिmमा पुगेका मधेरी नेताले मतको विरुघ घात गरेको उनले आरोप लगाए । झुटको खेती गरि मधेसी जनतालाई भ्रममा राखे मधेसी नेताहरुलाई मधेसका जनताले नै ठेगना लगाउने पुर्व मन्त्री चौधरीले बताए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य राधेचन्द्र यादवले प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासनहरुलाई नियन्त्रणमा लिएर देशमा एकतन्त्री शासन व्यवस्था लगाउने दाउमा सरकार लागेको बताउनुभयो ।
नेपाली काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुसले कलैया बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

सम्वन्धित समाचार :