हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा देखि विप्लव माओवादी सम्म अट्ने राज्य ब्यवस्था आबश्यक भएको बताएका छन् । आज हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षिय सम्मेलन हुनुपर्ने माग गरे ।

उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै बिदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए । नेपाली जनता,राजनीतिक दल,नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए ।

गणतन्त्र,धर्म निरपेक्षता र संघीयता बिदेशिको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर बिषय बुझ्दै गएको थापाले बताए । उनले राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा थापाले खुशी व्यक्त गरेका छन् । राप्रपाले उठाएको एजेन्डा प्रती जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे । मुलुकमा बिकृती बिसङ्गती ,भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संबैधानिक अङ्ग ,न्यायालय,प्रहरी प्रशासनमा देखिएको सेटिङ्ग,प्रभाब, हस्तक्षेपको तिब्र आलोचना गरे /

राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आबश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए । परिबर्तन पछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भुमिका र व्यबहारको पनि थापाले खुलेर प्रसंशा गरे ।राजधानी न्यूज

सम्वन्धित समाचार :