लहान
दुई वटा सरकारी भवनको उद्घाटन गर्न गत शनिवार गृह सचिव महेश्वर न्यौपाने सिरहा सदरमुकाम आएका थिए । प्रदेश २ का नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआईजी, अनुसंधान विभागका प्रमुख र सिरहा, सप्तरी, धनुषा, सिन्धुली, उदयपुरका सिडियो, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी कार्यक्रममा गृह सचिव न्यौपानेले प्रदेश २ का जिल्लामा सीमाबाट स्थानीय प्रहरीको मिलोमतोमा तस्करी भैरहेकोले त्यसलाई रोक्न निर्देशन दिएका थिए ।
गृह सचिव सिरहाबाट फिर्ता गएको तेस्रो दिनमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टीमा तस्कर र नेपाल प्रहरीका घुमुवावीच हात हालाहाल भएको छ । स्थानीय प्रहरीको मिलोमतोमा बरियारपट्टी–जिरोमाइल सडकखण्डमा चल्ने यात्रुबाहक बसमा तस्करले लोड गर्दै गरेको सामानवारे जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकका प्रहरीले सोधखोज गरेको थियो । बिल फेला नपरेपछि सामान बसबाट झार्न खोज्दा तस्करले हातपात सुरु गरेका थिए ।


तस्करले हातपातमा ओर्लिएपछि सुरक्षाको लागि सादापोशाकका प्रहरीले नजिकै रहेको ईलाका प्रहरी कार्यालय बरियारपट्टीमा खबर गरेपनि प्रहरी टोली पुगेको थिएन् । थप सुरक्षाकर्मी नपुग्दा सादापोशाकका प्रहरीमाथि हातपात गर्ने तस्करले सामान लिएर भाग्न सफल भएको हो ।
बरियारपट्टी गाउँपालिकाका ३ का जिवछ साह र उनका छोरा कमलेस साहले सादा पोशाकका प्रहरीमाथि हातपात गरी बिना बिलको सामान लिएर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
सादा पोशाकका प्रहरी प्रमोद र कृष्णा माथि हातपात गर्ने तस्करको खोजि कार्य भइरहेको र दोषीमाथि कानुन अनुसारको कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी निरीक्षक राम चन्द्र साहले बताए ।
स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय बरियारपट्टी, बोर्डर आउट पोष्टमा रहेका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बरियारपट्टी र छोटी भन्सार कार्यालय बरियारपट्टीका कर्मचारीको मेलोमतोमा ठूलो मात्रामा तस्करी हुदै आएको छ ।
तस्करहरुले प्रहरी र भन्सार कार्यालयलाई मासिक रुपमा रकम बुझाउँदै आएको एक तस्करले नाम नछाप्ने शर्तमा बताए ।
सीमाक्षेत्रका प्रहरीलाई कडाई गर्न भनिएपनि मिलोमतोमा तस्करी फस्टाएको जानकारहरु बताउँछन् ।
बरियारपट्टी जस्तै जिल्लाको झाँझपट्टी, ठाँडी, माडरबाट पनि तस्करी हुँदै आएको छ । सीमा क्षेत्रका स्थानीय प्रहरी पोष्टहरुको मिलोमतोमा तस्करी फस्टाएको हो । विहाबारीको समय भएकोले लताकपडा, इलेक्ट्रोनिक्सका समानहरु वढी तस्करी हुँदै आएको ….

सम्वन्धित समाचार :