शम्भु चौधरी लहान २२ मंसिर । सप्तरीको सुरुंगा नगरपालिका ६ श्रीपुरमा विगत केही दिन देखि हाति आतंक बढेको छ ।
आईबारको राति करीब १२ बजेको समयमा ३ हातीको समुह आएर ५ जनाको घरमा तोडफोड गरी अन्नपात खाई तहसनहस गरि दिएको स्थानिय रवीलाल चौधरीले बताएका छन ।
हाती विगत २ रातीदेखि पटक पटक गरी आई आतंक मचाई रहेको छ ।
घर तोडफोड हुनेमा ईन्द्र नारायण चौधरी,उमाकान्त चौधरी,भोला प्रसाद चौधरी, शिव नारायण राम र बद्री नारायण साह रहेको सम्बन्धित वडाका वडा अध्यक्ष लिलाकान्त चौधरीले बतए । वहाँले भनु भयो यो हाती आतंकबारे सुरुंगा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीलाई समेत जानकारी गराईएको छु ।
यसबाट बच्ने उपाई छिटो भन्दा छिटो खोज्ने तर्फ सबै मिलि लाग्नु पर्ने प्रमुख चौधरीले बताए ।

सम्वन्धित समाचार :