बारा
२२ मंसिर २०७७
७१ बर्षिया वृद्धाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ४ औराह निवासी धन कुमारी सुनुवार सोमबार विहान निधन भएको हो ।

दम रोगबाट पिडित सुनुवार गत १४ गते बिरामी भई उपचारको लागी बिरगंज स्थीत बयोधा अस्पताल लगिएको थियो । २ दिनपछी पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज पठाईकोमा सोहीदिन साँझ आएको सुनुवारको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछी विरगजं स्थीत बाबा होटल आइसुलेसनमा राखी उपचारको क्रममा वहाँको निदन भएको बारा प्रहरीले जनाएको छ ।

सुनुवार सहित बारामा ७ महिला सहित ३१ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य बाराका कोरोन फोकल पर्सन शंकर प्रसाद गुप्ताले बताए ।

सम्वन्धित समाचार :