पुष्पराज खतिवडा
बारा
२० मंसिर २०७७
जाडोसँगै दलित बस्तीमा चिन्ता बढेको छ । विहान बेलुकीको छाकटार्न समस्या भैरहेको बस्तीमा बढ्दै गरेको जाडो कसरी कटाउने भनेर चिन्ता बढेको हो ।
सुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडा स्थीत मुसहरबस्तीमा पुग्दा पार्वती माझी पुराना कपडा मिलाएर भोक्टा सिलाउँदै थिइन् । पालता साडी तन्ना लगायतका कपडा पिँडिमा मिलाएर सिउँदै गरेकी माझीले जाडोबाट बाँच्ने उपाय खोजेको बताईन् । पाँचजनाको जहान परिवार सुकुलमाथी सिमन्टका बोरा ओडेर सुत्ने गरेको उनले बताईन् ।
पुराना कपडालाई मिलाएर भोक्टा सिलाउन लागेको हुँ । एकदुई जनालाईत यस्ले बचाउला भन्ने आस छ, उने सुनाईन् । खोला किनारमा बालुवा चालेर र कुलो पैनीमा माछा मारेर गुजारा गर्दै आएका थियौं । अब त त्यो काम पनि बन्द जस्तै भएको छ ।
टोलटोलमा खुलेका वालुवा वास प्लान्टले गर्दा हामीले चालेको बालुवा र गिट्टी बिक्न छाड्यो । मानिसहरु वास प्लान्टबाट सफा र फ्रेस गिट्टी बालुवा किन्छन् । हामीले चालेको बालुवा लागेको गिट्टी किन्न छाडे हजुर उनले गुनासो सुनाईन् । गिट्टी चालेर हातमुख जोड्ने उनी एक्ली हैनन् । करिब एकसय परिवार रहेको उनको बस्तीका अधिकाशंको जीउने आधार हो गिट्टी चाल्ने पेशा ।
बालीमा किराको प्रकोप पढेसँगै मानिसहरुले खेतीमा हाल्ने बिषादीका कारण कुलो पैनीमा माछा समेत पाउन छाडे अव कसरी जिउने, खेती किसानी गर्न जमिन छैन । पशुपालन गर्न ठाउँ अनी पुँजी छैन ।बाँच्न गारो हुँदै गएको अर्की झपसी माझीले बताईन् । झरी परेका बेला जन्मीएकीले उनको नाम बाबुआमाले झप्सी राखेका अरे । भोजपुरीमा झरिलाई झप्छी भनीन्छ ।
यस्तै पाँचबर्ष देखी टिभि रोगसँग लड्दै आएका फगुनी माझी काम गर्न सक्दैनन् । उनको तिन छोरी र श्रीमती सहित ५ जनाको परिवार छ । श्रीमती र छोरीहरुले ज्यालाबनि गरेर ल्याउको अन्नले उनको घर चलेको छ ।
जोडो बढेसँगै उनलाई मर्छुकी भन्ने चिन्ता बढेको छ । अघिल्लो बर्ष सम्म फुसको घरमा बस्दै आएका फगुनी लगायत अन्य सातपरिवारका लागि स्थानिय सरकारले दुईकोठे पक्की घर बनाईदिएको छ ।
घर पाएका फगुनीसँग घरभित्र ओड्ने आछ्याउन भने सिमेन्टका बोरा र पुरानो पराले सुकुल छ । उनी र उनका छोरीहरु कठ्याग्रिंदो जाडोमा सोही सिमन्टको बोरा ओछ्याएर सुकुल ओडेर सुत्ने गरेको फगुनीले देखाए ।
बोराले धान्नेबेला सम्म सुत्ने अनी बडी जाडो भए आगो तापेर रात काट्ने गरेको फगुनीकी कान्छी छोरी गायत्री माझीले बताईन् । उनी स्थानिय विद्यालयको कक्षा ४ पढ्छीन् । हातमुख जोड्न र एकसरो कपडा समेतको अभावका विच उनको पढाई अघि बढ्ने अवस्था छैन । तरपनि धेरै पढ्ने मन भएको गायत्रीले बताईन् ।