बारा
२० मंसिर २०७७
जिल्लाको कलैया उपमहानगरपालिका १६ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल प्रालिको ढुङ्गापूजा किसान संघ बाराले बहिस्कार गरेको छ । बषेर्नी पूजामा सयौं उखु किसान बोलाउने उद्योगले यसपटक संघका प्रतिनिधिलाई मात्रै बोलाएकाले उखु किसान संघ बाराले पूजा बहिस्कार गरेको संघका अध्यक्ष विरेन्द्र प्रसाद कुस्वाहले बताए ।

किसान र मिलको विचमा नङ्ग मासुको सम्बन्ध हुनु पर्नेमा मिल ब्यवस्थापनले किसानहरुलाई ब्यवस्था गर्दै आएको उनले बताए । मिल संचालनमा आउनु खुशीको कुरा हो । तर खेती गर्ने किसानलाई सम्मान गर्न नचाहाने उद्योगको पूजामा सहभागि हुन सकिन्न, उनले भने ।
अघिल्लो दिन शनिबार ११ बजेका लागि बोलाएइको थियो ।

आज विहान ९ बजेनै केनमेनेजर डिएन शर्माले कताहो आउनु न पूजा सुरुभयो भनेर बोलाए । जुनकुराले आफुहरुलाई थप झस्काउने काम भएको उनको भनाई छ । त्यसपनि हामीले पनि आउँछु आउँछु भन्यो गएनौ ।

किसानलाई सेवा सुविधा दिने कुरामा रिलायन्स ब्यवस्थापन कम्जोर छ । अन्यत्र लाखौं खर्चिने मिलले एकढेडसय किसान बोलाएर प्रसाद ख्वाउन समेत कन्जुस्याई ग¥यो । जुन दुःखको कुरो हो अध्यक्ष कुस्वाहाले भने ।

यता उखु उत्पादक किसान संघ बाराले पूजा बहिस्कार गरेको सुन्दा आफुहरु अचम्ममा परेको मिलका उखु महाप्रबन्धक द्वारीकानाथ शर्माले बताए । वहाँहरुले त्यस्तो गर्नु हुँदैन थियो । कुनै जानकारी विना वहिस्कार गर्नु भएछ हामीलाई अचम्म लाग्यो । बाराका किसान संघका कोही प्रतिनिधि आएनन् ,कारण त्यस्तो रहेछ बल्ल थाहा पायौं ,शर्माले भने ।

पर्साबाट अध्यक्ष असर्फी साह लगायत आउनु भएको थियो । उद्योगका कर्मचारी मजदुरहरुको उपस्थीतिमा भब्य रुपमा ढुङ्गापूजा सम्पन्न गरेका उनले बताए । कोरोना भाईरस संक्रमणका कारण अघिल्लो बर्षहरुमा जस्तो ठुुलो संख्यामा किसान बोलाउन नसकिएको उनको भनाई थियो ।

सम्वन्धित समाचार :