Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेकपा महासचिवको प्रस्ताव : सचिवालय सदस्यले त्याग गरौँ

न्युजडेस्क न्युजडेस्क
१९ मंसिर २०७७, शुक्रबार
नेकपा महासचिवको प्रस्ताव : सचिवालय सदस्यले त्याग गरौँ

/fli6«o ;dfrf/ ;ldltnfO{ cGt/jftf{ lbg]qmd lvlrPsf] cy{dGqL lji0f' kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

30
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कहाँबाट सुरु भयो र कहाँ पुगेर टुङ्गिन्छ ? भन्ने आम चासो रहेको छ । अर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेल नेकपाको पुरानो र नयाँ पुस्ताबीचको स्प्रीङ्गमा समस्या भएको भन्दै अब पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व हस्तानतरण गर्नु नै समस्याको निकास देख्छन् । नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्ने पौडेल कसैले फुटाउने चेष्टा गरेपनि त्यो सम्भव नहुने बताउँछन् । प्रस्तुत छ महासचिव पौडेलसँग शुक्रबार बिहान टेलिफोन संवादको सम्पादित अंश :

दुई अध्यक्षका फरक–फरक प्रतिवेदन सार्वजनिक भएपछि आजसम्मको अवस्थामा नेकपाको यात्रा कतातर्फ तय भएको छ – विभाजन या एकता ?

म अहिले परिस्थितिलाई विभाजनतर्फ तान्ने कोशिस पनि भइरहेको देख्छु । तर, पार्टीभित्रको एकताको पक्षधर जुन शक्ति छ त्यो शक्तिले यो पार्टीलाई विभाजनमा जान दिँदैन । आजका मितिसम्म आइपुग्दा यो पार्टी विभाजन हुने कुनै सम्भावना छैन र कसैले विभाजन गर्न चाह्यो भनेपनि सक्दैन ।

नेकपालाई विभाजनतर्फ लैजाने काम कसले गरिरहेको छ ?

त्यतातिर अहिले नजाउ, मलाई त्यसमा बोल्न बाध्य नपार्नुहोस् । कसले–कसले भन्न थाल्दा समस्या समाधानका निम्ति गरिएका प्रयासहरु कमजोर बन्न पुग्छन् । त्यसैले कसको के भूमिका रह्यो भन्ने विषयमा हामी आन्तरिक रुपले छलफल गर्छौँ र निश्कर्षमा पुग्छौँ । तपाईं ढुक्क हुनुस् नेकपा विभाजित हुँदैन । 

अन्तरविरोधमा क्रिया–प्रतिकृया हुन्छ । क्रियापछि प्रतिक्रिया आउँछ, प्रतिक्रियाले अर्को प्रतिक्रिया पनि ल्याउँछ । त्यसपछि क्रिया–प्रतिक्रियाको शृङ्खला तीव्र बन्छ । त्यसकारण पार्टीको पछिल्लो अन्तरविरोधमा पनि जहाँबाट क्रिया सुरु भयो, समस्याको सुरुवात त्यहीँबाट भएको हो । अहिले पनि क्रिया र प्रतिक्रियाको शृङ्खला चलिनैरहेको छ ।

तपाईं पार्टी एकतादेखिनै दुवै अध्यक्षका बीचमा भएका धेरै सहमति र सम्झौताहरुमा साक्षी बस्दै आउनुुभएकाले तपाईंलाई धेरै कुरा थाहा छ । नढाँटी भनिदिनुस् नेकपामा विवाद आउनुमा कसको बढी दोष छ ?

नेकपामा विवाद आउनु र त्यो विवाद उत्कर्षमा किन पुग्यो भन्ने प्रश्नको जवाफ जनता र कार्यकर्ताले बुझिसकेका छन् । मेरो पनि आफ्नै मूल्याङ्कन छ, कहाँबाट कसरी विवाद सिर्जना हुदै यो विन्दुमा आइपुग्यो भन्ने कुरामा । तर यो विषय पार्टीभित्र छलफलकै अवस्थामा रहेको हुनाले सबैभन्दा पहिला पार्टीकै बैठकमा राख्छु । त्यसपछि आवश्यक पर्यो भने तपाईंहरुलाई भनौँला ।

स्पष्ट भन्नुहोस् न पार्टीमा आएको अहिलेको समस्या के हो र यो कसरी समाधान गर्न सकिन्छ ? केही न केही सुत्र त होलान् नि ?

समाधनको कुनै एउटा सुत्र भन्ने होइन, समाधानका विभिन्न विकल्पहरु छन् । यस्तो अन्तरविरोधमा क्रिया–प्रतिकृया हुन्छ । क्रियापछि प्रतिक्रिया आउँछ, प्रतिक्रियाले अर्को प्रतिक्रिया पनि ल्याउँछ । त्यसपछि क्रिया–प्रतिक्रियाको शृङ्खला तीव्र बन्छ । त्यसकारण पार्टीको पछिल्लो अन्तरविरोधमा पनि जहाँबाट क्रिया सुरु भयो, समस्याको सुरुवात त्यहीँबाट भएको हो । अहिले पनि क्रिया र प्रतिक्रियाको शृङ्खला चलिनैरहेको छ । यहाँ अत्यन्तै अस्वस्थ, अमर्यादित, अराजनीतिक, आरोप र लाञ्छनाको तहमा अन्तरविरोध प्रकट भएको सत्य हो । त्यसले गर्दा हामी जहाँबाट क्रिया सुरु भएको हो त्यहीँबाट समस्याको समाधान खोज्ने प्रयासमा छौँ ।

एक अध्यक्षले अर्को अध्यक्षको प्रतिवेदनलाई आरोप र लाञ्छना पत्रको संज्ञा दिनुभएको छ र त्यो फिर्ता वा खारेज नभए पार्टी विभाजन त्यहीँबाट सुुरु हुन्छ भन्नुभएको छ । यदि प्रचण्डले प्रतिवेदन फिर्ता लिनुभएन भने पार्टी विभाजन पक्का हो त ?

तपाईंले गर्नुभएको अनुमान र हाम्रा पार्टीका समस्त पंक्तिको अपेक्षा र पार्टीभित्रको एकतापक्षधरहरुको शक्तिलाई मुल्यांकन गरेर म भन्छु कि पार्टीको एकता अक्षुण रहन्छ ।

खासगरी विगतमा भएका कमीकमजोरी र गल्तीहरु समाजको नजरमा अत्यन्त आलोचित हुने प्रवृति र समस्याहरु पार्टीको आन्तरिक जीवनमा देखापरेका छन् । त्यस्ता प्रवृतिहरुको पुनरावृति नहुनेगरी हामी समस्या समाधान गर्छौँ ।

तर, सधैभरी किचलो भइरहने र पार्टी कमिटीले एउटा निर्णय गर्ने कार्यन्वयन नगर्ने अवस्था नै कायम रहिरहने हो भने पार्टी एकता अक्षुण रहनु र नरहनुको के अर्थ होला ?

अबको एकता प्रक्रियाले, समस्या समाधान गरेर पार्टी एकतालाई अक्षुण राख्ने ठाउँमा फर्किदा हामीले पार्टी एकताका केही महत्त्वपूर्ण आधारहरु निर्माण गर्छौँ । जसले गर्दा यस प्रकारका अस्वस्थ आरोप प्रत्यारोपमा उत्रने कुराको अन्त्य हुन सकोस् ।

भनेपछि नेकपामा नयाँ आधारमा र नयाँ किसिमको एकता हुदैछ भनेर बुझ्दा हुन्छ ?

खासगरी विगतमा भएका कमीकमजोरी र गल्तीहरु समाजको नजरमा अत्यन्त आलोचित हुने प्रवृति र समस्याहरु पार्टीको आन्तरिक जीवनमा देखापरेका छन् । त्यस्ता प्रवृतिहरुको पुनरावृति नहुनेगरी हामी समस्या समाधान गर्छौँ ।

तपाईंलाई फेरि भन्छु, पार्टीभित्रको आन्तरिक समस्या हाम्रो काबुभित्र पुगिसकेको छ ।

पार्टी कमिटीका बैठक बसाउन नै नेताहरुले निवेदन हाल्नुपर्ने, तोकआदेश लगाउनुपर्ने अनि आफै बसेर गरेका निर्णयहरु पनि अध्यक्षले नमान्ने प्रवृति देखियो । यो दृष्टान्तले नेकपाले कस्तो संस्कृतिको विकास गर्दैछ भन्ने लाग्छ ?

यसमा मैले अहिले विस्तारपूर्वक कुरा गर्दिनँ । तर म के देख्छु भने बैठकका निम्ति पार्टीमा निवेदन हाल्नुपर्ने अवस्था आएको हो भन्ने होइन ।

नेताहरुले बैठक राख्नुस भनेर भन्दा नमानेपछि निवेदन नै दिनुपर्यो र त्यसपछि अध्यक्ष तथा प्रधानमन्त्रीले त्यसमा तोकआदेश लगाउनुभएको त हो नि !

तपाईंलाई फेरि भन्छु, पार्टीभित्रको आन्तरिक समस्या हाम्रो काबुभित्र पुगिसकेको छ । हामीले यसलाई नियन्त्रण गर्न नसक्ने, एकता जोगाउन नसक्ने मर्यादाका सीमाहरु नाघेर आरोप प्रत्यारोप लगाउने तहमा पुगेकै होइन । त्यसकारण मेरो बुझाइमा पार्टीको बैठक नबसेर र बैठककै निम्ति हस्ताक्षर गर्नुपर्ने अवस्था आएको होइन ।

तर नेताहरुले गरिदिए त्यही ?

अब धेरै त्यतातिर नजाऔँ ।

तपाईंहरुका धेरै नेता कार्यकर्तालाई चिन्ता छ, नेकपा अढाई वर्षमै फुटेको हाँडीजस्तो भयो । फुटेको हाँडी जोडिदैन भन्ने थाहा हुँदाहुदै जोड्ने प्रयास पनि भइरहेको जस्तो देखिन्छ । कुन रसायन होला जसले फुटेको हाँडी जोडिएला ?

पहिलो कुरा, तपाईंले प्रयोग गरेको विम्व वा उपमाले यथार्थलाई प्रतिविम्वित गर्छ भन्ने मलाई लाग्दैन । दोस्रो कुरा, रसायनको गर्नुभयो, अहिलेको आधुनिक विज्ञानमा साच्चै फुटेकै हाँडीहरु जोड्ने नयाँ–नयाँ रसायनहरुको आविष्कार भइसकेको छ । त्यसैले समाजविज्ञानमा पनि त्यसको प्रयोग हुन सक्छ ।

बुधबारको सचिवालय बैठकले समस्या समाधान गर्न नेताहरुबीच औपचारिक–अनौपचारिक छलफल र सम्वाद गर्ने निर्णय गरेको थियो । तर, बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभयो । यो बीचमा नेताहरुबीच त्यस्ता सकारात्मक सम्वाद त भएको देखिएन नि ?

अहिले म सकारात्मक र नकारात्मक भन्दिन । तर विभिन्न किसिमका छलफलहरु चलिनैरहेका छन् ।

सम्माननीय केपी शर्मा ओली लोकतन्त्रका लागि सिंगो जिन्दगी समर्पित गरेको नेता हो । उहाँले कुनैपनि असंवैधानिक र अलोकतान्त्रिक यात्रा जीवनमा चाल्नुहुन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । सहमति–असहमतिहरु होलान् तर संसद विघटन, संकटकाल र दल विभाजनलगायतका काम गर्दै हुनुहुन्छ भनेर प्रचार गरिएको छ यो अविश्वास सिर्जना गर्ने, अन्तरविरध चर्काउने अभिव्यक्ति मात्रै हो ।

त्यसो भए शनिबारको बैठकमा अध्यक्ष केपी ओली सहभागी हुनुहुन्छ त ?

हुनुहुन्छ । किन नहुनु ? बुधबारको बैठकमा पनि अध्यक्ष सहभागी हुनुभएन र हुनै चाहानुभएन भनेर जुन प्रचार भएको थियो त्यो यथार्थ होइन । बुधबारको बैठकमा आफ्नो कार्यव्यवस्तताले म आउन भ्याउदिनँ भनेर समय तोक्ने बेलैमा भनिसक्नुभएको थियो ।

एक घण्टा पछि सार्दा पनि नआएपछि त शंका त हुने नै भयो नि ?

उहाँ आउनुहुन्छ भनेर एक घण्टा पछि सारिएको पनि होइन । उहाँले त्यो दिन कार्यव्यस्तताका कारणले उपस्थित हुन नसक्ने कुरा बैठक तय गर्ने बेलामै जानकारी गराइसक्नुभएको हो ।

तपाईंको दावीलाई मान्ने हो भने अध्यक्ष ओलीभन्दा पनि प्रचण्डसहितका अन्य नेताहरुका कारण विवाद बढेको भन्ने बुझिन्छ । त्यसो हो भने प्रचण्डसहितका नेताहरुको चाहना के हो भन्ने बुझ्नुभएको छ ?

यो प्रश्नको जवाफ मसँग अहिले नै उपलब्ध छैन । सायद सञ्चारकर्मी र मिडियाले खोजिदिनुहुन्छ कि भन्ने लागेको छ ।

अध्यादेश, संकटकाल र संसद विघटनको त्रास देखाएर अध्यक्ष ओलीले नेताहरुलाई साइजमा राख्ने प्रयास गरेको भन्ने कुरा त कतिपय उहाँकै व्यवहारले पनि संकेत गर्छ नि ? किन लुकाउनुहुन्छ ?

यो नितान्त गलत र कपोलकल्पित कुरा हो । सम्माननीय केपी शर्मा ओली लोकतन्त्रका लागि सिंगो जिन्दगी समर्पित गरेको नेता हो । उहाँले कुनैपनि असंवैधानिक र अलोकतान्त्रिक यात्रा जीवनमा चाल्नुहुन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । सहमति–असहमतिहरु होलान् तर संसद विघटन, संकटकाल र दल विभाजनलगायतका काम गर्दै हुनुहुन्छ भनेर प्रचार गरिएको छ यो अविश्वास सिर्जना गर्ने, अन्तरविरध चर्काउने अभिव्यक्ति मात्रै हो । यस्ता नितान्त गलत अभिव्यक्ति कसैले पनि दिनुहुँदैन ।

केही नेताहरु मिलेपनि नेकपाभित्रको अन्तरविरोध निमिट्यान्न हुने सङ्केत देखिदैन । यदि यस्तै रहिरहने हो भने आगामी दिनमा नेकपाका नेताहरु जनतामाझ कसरी पुग्नुहुन्छ ?

तपाईंको यो प्रश्न, टिप्पणी या आलोचनामा आधार छन् । हामी यही रुपमा र यस्तैगरी गयौँ भने कम्युनिस्ट आन्दोलनको अवसानको अवस्थामा पुग्नुबाहेक अरु केही उपाय छैन । तर हामी यो समस्यालाई समाधान गरेर र जनतासँगको विश्वासलाई अरु जित्दै एकताबद्ध ढङ्गले नै जान्छौँ भन्ने मलाई विश्वास छ ।

नेकपामा अन्तरविरोध बढ्नुका पछाडी सैद्धान्तिक राजनीतिक कारण छन् या व्यक्तिगत टकराव के भन्नुहुन्छ ?

नेकपामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा स्प्रिङ्ग छ । पुरानो पुस्ता नेतृत्वमा कायम रहिरहन चाहने र नयाँ पुस्तामाथि अविश्वास गर्ने स्थिति छ । यो नै हो समस्या । हामी यहीँ उभिएर छलफल गर्नुपर्ने ठाउमा पुग्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो । खासगरी आन्दोलनलाई विभिन्न कालखण्डमा नेतृत्व गुर्नभएका नेताहरुले आफुले कस्तो कार्यक्षमताको बीचमा र कस्तो उमेर समुहमा जिम्मेवारी सम्हाल्नुभएको थियो ? त्यसलाई याद गरेर अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तानतरण गर्ने बेला आएको छ । र, हामी नयाँ पुस्तामा जिम्मेवारी हस्तातरण गर्ने विन्दुमा नपुग्दासम्म यस प्रकारका समस्याहरु कुनै न कुनै रुपमा बल्झिरहने स्थिति आउँछ । समस्या समाधान गर्दै र फेरि नयाँ समस्या भोेग्दै जानुपर्ने अवस्था आउँछ । त्यही भएर मैले प्रस्टसँग भनेको छु, अब अहिले सविालयभन्दा बाहिरबाट नेतृत्वको खोजी गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ । र यसका निम्ति हामी सचिवालयमा रहेका साथीहरुले पनि सकारात्मक योगदान गर्नुपर्छ । मुलतः स्थायी कमिटीबाट नयाँ नेतृत्वको प्रवन्ध गर्नेगरी अगाडी बढ्नुपर्छ, यो नै अहिले हाम्रो समस्या समाधान हुनेछ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१९ मंसिर २०७७, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१९ मंसिर २०७७, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१९ मंसिर २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१९ मंसिर २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१९ मंसिर २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१९ मंसिर २०७७, शुक्रबार
Next Post
पुरानो क्रियाशील नवीकरन,नयाँ क्रियाशील वितरण

पुरानो क्रियाशील नवीकरन,नयाँ क्रियाशील वितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी