पुष्पराज खतिवडा
१९ मंसिर २०७७
बारा
जिल्लामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिले उखु खरिद र भुक्तानीमा समस्या पार्दै गएपछी बारामा उखु खेती घटेको छ । यसै विच गतबर्षबाट संचालनमा आएको बाबा बैजुनाथ सुगरएण्ड केमिकल प्रालि.कटहरिया ९ रौतहटले यसबर्ष बाराका किसानको उखु नगदमै किन्ने जनाएको छ ।
गतबर्ष अन्तिम सिजनबाट संचालनमा आएको उद्योगले आफुले किसानलाई खेती सम्झौता गरेको छैन । अन्यत्र विक्रि गर्न खेती गरेका किसानको खेतखेतबाटै नगदमा उखु खरिद गर्ने योजनामा उद्योग रहेको उद्योगका उखु महाप्रबन्धक उपेन्द्र प्रसाद यादवले बताए ।
४ सय ७१ रुपैंया प्रति क्विन्टलका दरमा केहीदिन पछिबाट उखु खरिद गर्छौं । ६ लाख क्विन्टल भन्दाबढी बाराको उखु नगदै खरिद गर्ने तयारीमा उद्योग रहेको छ । नेपाल सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैंया मध्य सरकारी अनुदान वाहेकको दरमा नगदै उखु खरिद गर्ने तयारी थालिएको उनले बताए ।
बारामा यसबर्ष ५ हजार ६सय विगाहमा उखु खेती छ । १० देखी १२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन हुने उखुको पचास प्रतिशत उखु यसपटक कटहरीया रौतहट लैजान्छौं यादवले भने ।
अघिल्लो बर्ष बारा ९ हजार विगाह क्षेत्रफलमा उखु खेती भएको थियो । जिल्लाको कलैया उपमहानगरपालिका १६ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल प्रा.लि.ले खरिद र भुक्तानीमा सास्ती दिन थालेपछी किसानहरुले उखुखेतीको विकल्पमा खाध्यान्त तथा तरकारी बालि लागन थालेका छन् ।
यता रिलायन्सका उखु महाप्रवन्धक द्वारिकानाथ शर्माले बाराबाट रौतहटको बैजनाथलाई उखु लैजान नमिल्ले बताए । कम्पनी क्षेत्रको २५ किलोमिटर भित्रको क्षेत्र कम्पनीको आधार क्षेत्र भएकाले कुनै बहानामा यसक्षेत्रको उखुलान नदिने उनले बताए । उखुमिल संचालन गर्न बनेको कानुनमा उक्त कुरा उल्लेख रहेको भन्दै कानुन कार्यान्यवन गर्न उद्योग मन्त्रायलयले संबन्धित जिल्ला प्रशाशनमा पत्राचार गरिसकेको शर्माले बताए ।
यसबर्ष तीन दिन भित्रमा उखुको भुक्तानी दिने रिलायन्सको समेत तयारी रहेको छ । गतबर्ष १६ लाख ५६ हजार उखु क्रसिंग गरेको उद्योगले यसबर्ष १८ लाख क्रसिंग गर्ने योजना बनाएको छ । यद्यपी उखु खेती घटेकाले योजना पुरा हुने सम्भावना कमैरहेको महाप्रबन्धक शर्माले बताए ।
शनिबार विहान ढङ्गापूजा गर्ने र आगामी ३० गते देखी मिल संचालनमा आउने उनले बताए ।
फोटोमा ः उखु खेतीको फाईल फोटो

सम्वन्धित समाचार :