Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेश दुईमा बलात्कारको घटना बढदै

Sima Post Sima Post
१८ मंसिर २०७७, बिहीबार
प्रदेश दुईमा बलात्कारको घटना बढदै
58
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : प्रदेश २ मा बलात्कारका घटना भयावह रहेको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो वर्ष बलात्कारका घटना ह्वात्तै बढेको छ । गत साता महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको घटना एउटा उदाहरण मात्र हो ।

प्रदेश २ मा गत वर्ष कुल ४ सय ७७ वटा महिला तथा बालबालिकासम्बन्धी अपराधिक घटना भए । त्यसमध्ये ३ सय ९५ वटा बलात्कार एवं करणी उद्योग र ९० जना महिलाको हत्यासमेत भएको मुद्दा दर्ता भएका छन् । बलात्कार घटनामा जबरजस्ती करणीतर्फ २ सय ९० र करणी उद्योगतर्फ एक सय ५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले बताए । उनका अनुसार विभिन्न हिंसात्मक घटनामा ९० जना महिलाको हत्या भयो ।

गत आर्थिक वर्षमा भन्दा चालू वर्षको चार महिनामा ५० प्रतिशतको हाराहारीमा महिला तथा बालबालिकासम्बन्धी आपराधिक घटनाको मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जबरजस्तीकरणी, हत्या र अन्य घटना सहित २ सय २६ वटा महिला तथा बालबालिकासम्बन्धी आपराधिक घटनाको मुद्दा दर्ता भएको हो जसमध्ये बलात्कारतर्फ १ सय ४६ र करणी उद्योगतर्फ ४४ वटा गरी इक सय ९० वटा रहेका छन् ।  चालु आर्थिक वर्षमा उमेर समूहको हिसाबले १० वर्ष मुनिका बालिका ३, १० देखि १६ वर्षसम्मको किशोरावास्थाकी ६८ र १६ वर्षभन्दा माथिको महिला १ सय २० जना बलात्कारको शिकार भएको प्रसाईले बताए । यी घटनामा जबरजस्ती करणी गरी हत्या गरिएकोतर्फ १० वर्ष मुनिका २, १० वर्षदेखि १६ वर्षसम्मकी १३ र १६ वर्षभन्दा माथिका २९ जना छन् । जुन गतवर्षको अनुपातमा ३ महिनामा करीब ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

जिल्लागत रुपमा घटना
प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बलात्कारको सबभन्दा बढी धनुषामा २६ वटा मुद्दा दर्ता भएको छ । सप्तरीमा २०, सिरहामा २५, महोत्तरीमा २१, सर्लाहीमा १३, रौतहटमा १७, बारामा ११ र पर्सामा १३ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

त्यस्तै जबरजस्ती करणी उद्योगतर्फ सबभन्दा बढी सिरहामा १० वटा मुद्दा दर्ता भएको छ भने सप्तरी, धनुषा, महोत्तरीमा ६÷६ वटा, सर्लाहीमा ३, रौतहटमा ७, बारामा ४ र पर्सामा २ वटा मुद्दा कात्तिक मसान्तसम्म दर्ता भएको प्रवक्ता प्रसाईले जानकारी दिए ।

कारवाही प्रक्रिया तीव्र
बलात्कारको घटनामा ह्वातै वृद्धि भएसँगै प्रहरीले कारवाही पनि तीव्र पारेको प्रवक्ता प्रसाईले बताए । उनका अनुसार गत वर्षमा ३ सय ९५ बलात्कारको घटनामध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको छ । यस्तै घटनामा १ सय ४१ जना पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

किन बढदैछ बलात्कार ?
प्रवक्ता प्रसाईका अनुसार अपराधविरुद्ध आवाज उठाउनुपर्छ भन्ने जनचेतनामा आएको वृद्धि, लकडाउन, लागू औषध तथा मदिरा सेवन लगायतका कुलतले गर्दा विगतभन्दा चालू आर्थिक वर्षमा बलात्कारको घटना बढ्न गएको हो ।
उनले भने ‘लकडाउन अवधिले निम्त्यिाएको बेरोजगारी र घरमा खाली बस्दा आपसी रिसवीले गर्दा पनि यो वर्ष बलात्कारको घटना व्यपाक रुपमा बढेको हो, अधिंकाश बलात्कार घटनामा लागू औषध र मदिरा लगायतले सपोटिङ भूमिका निर्वाह गरेको अनुसन्धानको क्रममा देखिएको छ ।’

उनले अधिकांश बलात्कार घटनामा महिला तथा बालबालिका आफ्नो नातेदार र चिनजानबाट आपसी विवादकै कारण बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट देखिएको बताए । तर सामाजशास्त्रीहरुले बलात्कार घटना बढनुको प्रमुख नयाँ पुस्तामा बढेको मोबाइलको प्रयोग, ठाँटबाँट (ग्ल्यामर) र राजनीतिक दबाव दबाव तथा आर्थिक प्रलोभन रहेको बताउँछन ।

रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा सोसल साइन्सका प्राध्यापक अजय यादवले ईकागजसँग कुरा गर्दै भने, ‘वर्तमान अवस्थामा बलात्कार बढनुको प्रमुख कारण पश्चिमी सभ्यताको उत्तेजक पहिरन हो । अहिले नयाँ पुस्तामा मोबाइलको प्रयोग बढिरहेको छ जसको सदुपयोग भन्दा बढी अश्लील फिल्म तथा दृश्यहरु हेर्नुमा भइरहेको छ । अश्लिल फिल्म वा दृश्य हेरेपछि युवा पुस्तालाई सम्भोगको चाहनाले बलात्कार घटनासम्म गर्ने अवस्थामा पुर्‍याउँछ ।’

यसको साथै गोप्य अंग झल्किने खालका र शरीरका भागहरु देखिने गरी छोटो लुगा लगाउने अवस्थाले पनि युवा पुस्तालाई उतेजक बनाउने काम गरेको उनको भनाइ छ । यी अवस्थामा उत्तेजक बनेका युवा बलात्कार लागू औषध र मदिराको सहारा लिने गरेको सामाजशास्त्री यादवको भनाइ छ । त्यस्तै समाजसेवी अमरचन्द्र अनिलले राजनीतिक दबाव र आर्थिक चलखेलले कारवाही प्रक्रिया फितिलो हुन जाँदा घटनालाई प्रोत्साहित गर्ने गरेकाले वृद्धि भएको बताए ।

तथ्यांकभन्दा बढी घटना
बलात्कारका घटना बढदै गएको देखिए पनि प्रहरीको तथ्यांकभन्दा बढी घटना भइरहेको प्रहरी निकायकै भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईले प्रहरीमा दर्ता भएको मुद्दाभन्दा बढी बलात्कारसहितका महिला तथा बालबालिका अपराधिक घटना भइरहेको बताएका छन् । ‘अधिकांश घटना समाजिकस्तरमै राजनीतिक र आर्थिक दबावमा दबाउने प्रयास गरिन्छ,’ उनले भने, ‘केहीले समाजिक लोकलाजले गर्दा अपराध सहेर घटना लुकाउने गरेका छन् । तर हामीकहाँ दर्ता हुन आएका मुद्दा सार्वजनिक हुने गरेको छ ।ईकागज



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१८ मंसिर २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१८ मंसिर २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ मंसिर २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ मंसिर २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१८ मंसिर २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१८ मंसिर २०७७, बिहीबार
Next Post
बाराका किसानको उखु नगदै किन्ने तयारीमा रौतहटको बाबा बैजनाथ, बाराको उखु रौतहट लान मिल्दैन ः रिलायन्स

बाराका किसानको उखु नगदै किन्ने तयारीमा रौतहटको बाबा बैजनाथ, बाराको उखु रौतहट लान मिल्दैन ः रिलायन्स

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी