बारा
१६ मंसिर २०७७
प्रहरीले मंगलबार अबैध गाँजा खेती नष्ट गर्ने देखी सरकारी छाप किर्ते गर्ने अनी बहुविवाह गर्ने मुद्दाका फरारलाई पक्राउ गरेको छ । यस्तै लैङ्गिक संवेदनशिल अनुसन्धान तथा मनोविमर्श सीप तालीम सम्पन्न भएको जानकारी सार्वजनिक गरेको छ । संचारकर्मीहरुलाई पठाएको प्रेस नोटमा उल्लेखित घटना यस्ता छन् ।

३ बिगाह अवैध गाँजा खेती नष्ट
जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको निजगढ नगरपालिका वडा नं.१२ लालटोल स्थित रहेको मकै खेतीभित्र अवैध रुपमा लगाईएको ३ विगाह गाँजा खेती नष्ट गरेको छ ।
विशेष सुचनाका आधारमा बारा प्रहरी प्रमुख उपरिक्षक कृष्ण प्रसाद पंगेनीको अगुवाईमा अबैध गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएकोको संयुक्त प्रहरी टोलीले अवैध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो । सो क्षेत्रमा अझै खेती रहेको जनाकारी रहेकाले क्रमश बाँकी गाँजा खेती नष्ट गरिने अभियान जारी रहने बारा प्रहरीले जनाएको छ ।

लैङ्गिक संवेदनशिल अनुसन्धान तथा मनोविमर्श सीप तालीम सम्पन्न
अन्तराष्ट्रिय लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा संचालित ३ दिने लैङ्गिक संवेदनशिल अनुसन्धान तथा मनोविमर्श सीप तालीम सम्पन्न भएको छ ।

तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्नुहुँदै बारा प्रहरी प्रमुख उपरिक्षक कृष्ण प्रसाद पंगेनी

जिल्ला प्रहरी कार्यालय बारा र सहज परियोजना बाराको संयुक्त आयोजनामा गत १४ गतेबाट तालिम कलैया उपमहानगरपालिका वडा नं.०५ स्थित रेहको दरबार होटलमा संचालनमा थियो ।
बिभिन्न क्षेत्रका स्रोत व्यक्तिले सहजिकरण गरेको तालिममा बिशेष गरी महिला क्षेत्रमा काम गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई २५ जना प्रहरी कर्माचारीहरूको सहभागिता रहेको थियो ।


तालिम समापन कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी , प्रहरी नायव उपरिक्षक गौतम मिश्र ,सहज परियोजना बाराका प्रमुख महेन्द्र महतो र सहज परियोजनाका सहजकर्ता निर्मला चौधरी लगायतको सहभागिता रहेको थियो ।

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ
बहुविवाह मुद्दाका फरार एकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने सदिक मियाँ धोबीको छोरा वर्ष ३६ को रसुल महमद धोबीलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । जिल्ला अदालत बारामा विचाराधिन रहेको बहुविवाह मुद्दाका फरार अभियुक्त धोविलाई जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिकाको छाप सहितको ठेली रसिद किर्ते गर्ने मानिस पक्राउ

जितपुरसिमरा उपमहानगरपालिकाको छाप सहितको ठेली रसिद किर्ते गर्ने मानिस पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी कर संकलन गरेको अभियोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.०२ बस्ने बर्ष ३५ को अजय कुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत ७ गते बिहान जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा न.१६ स्थित बालगंगा खोलामा किर्ते छाप तथा कर रसिद प्रयोग गरेको पाईएको थियो । उनलाई सोमबार पक्राउ गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार :