मुकेश कुमार यादव

सिरहा । सिरहाको १७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई परेको आधारभूत अस्पताल मध्ये दुई वटा स्थानीय तहले मात्र आज अस्पतालको शिलान्यस गरेका छन् ।
आज अस्पताल शिलान्यास गर्ने स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका १५ शैय्या, विष्णुपुर गाउँपालिका १० शैय्या रहेको छ । यसअघि नै गोलबजार नगरपालिकाले १५ शैय्याको शिलान्यास गरिसकेका छन् भने सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाले प्राविधिक कठिनाई देखाउँदै आज अस्पताल शिलान्यास गर्न नसकिएको बताइएको छ ।
धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नयनपुर अस्पताल हाताभित्र धनगढीमाई नगरपालिका सिरहाका नगरप्रमुख हरिनारायण चौधरीले १५ शैय्या अस्पतालको शिलान्यास गर्नुभएको हो । यस अघि नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका स्थानीयहरुलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै श्रोतसाधनबाट नयनपुर स्वास्थ्य चौकीलाई अस्पताल संचालन गरिरहेको छ ।
संघीय सरकारको लागतमा प्रथम चरणमा आज देशभर तोकिएका ३९६ मध्ये ५ देखि १५ शैयाको अस्पताल शिलान्यास हुने कार्यक्रम थियो । सिरहामा ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलाई १५ सैय्या र दुई वटा स्थानीय तहलाई १० शैय्याको अस्पताल परेको थियो ।

सम्वन्धित समाचार :