पुष्पराज खतिवडा
बारा
१५ मंसिर २०७७
ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने संघीय सरकारको कार्यक्रम अन्तर्गत जिल्लाका चार स्थानिय तहमा १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको छ ।

आजै देशभर तीन सय ९६ वटा स्थानीय तहमा एकै साथ आधारभूत अस्पतालको शिलान्यास गर्न मन्त्रालयले सम्वन्धित स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ ।

प्रति करिव १८ करोड लागत अनुमानमा निर्माण हुने भवनहरुको सम्वन्धित स्थानीय तहका प्रमुखले शिलान्यास गर्ने कार्यक्रम थियो । सोही कार्यक्रम अनुसार जिल्लाको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा एकसाथ अस्पतालको सोही पालिका प्रमुखहरुबाट शिलान्यस गरिएको हो ।

बाराको निजगढ नगरपालिकाको वडा नंंं.९ स्थति प्राथमिक स्वाथ्य केन्द्र परिषरमा निर्माण गर्न लागेको अस्पलातको एक कार्यक्रमका विच नगरप्रमुख सुरेश खनाल तथा उपप्रमुख लिलादेवी लामिछाने खनालले शिलान्यास गरे ।

संघीय सरकार, स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाईन प्राप्त भईसकेपनि डिपिआर तथा खर्च ईष्टिमेट गर्न वाँकी रहेको छ । छिट्टै डिपिआर बनाई दुई वर्ष भित्र सञ्चालन गर्ने गरी तयारीमा काम अघि बढाईने निजगढ नगरका नगरप्रमुख सुरेश खनालले बताए ।

अस्पताल निर्माण पश्चात दक्ष चिकित्सक सहित अत्यावश्यक सवै सेवाहरु सञ्चालन हुने उनले बताए ।

सम्वन्धित समाचार :