पुष्पराज खतिवडा
बारा
१५ मंसिर २०७७
प्रदेश स्तरीय सरुवारोग रोग तथा महामारी यिन्त्रण अस्पताल बन्ने भएको छ । अस्पतालको सोमबार अपराहन्न शिलान्यास गरिएको छ । प्रदेश नम्बर दुईको बारामा बन्न लागेको अस्पतालको मुख्यमन्त्री लालवावु राउत गद्दिले शिलान्यास गरेका हुन् ।
कलैया नगरपालिकाको वडा नं. १६ स्थित उत्तर झिटकैया शसस्त्र प्रहरीको १२ नं. गण नजिकै निर्माण गर्न अस्पताल भवनको शिलान्यास भएको हो । सरुवारोग अस्पताल करिव ७ विगाह क्षेत्रफलमा बन्न लागेको हो । ५० शैयाको हुँने अस्पतालको लागत अनुमान करिव ३२ करोड रुपैया रहेको जनाईएको छ ।
अस्पताल निर्माण क्षेत्रको केही दिन अघि मुख्यमन्त्री सहितको टोलीले निरिक्षण गरेको थियो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरि सकेको हुँदा निर्माणले गतीलिने बताए ।
सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरले ७ विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।