बारा
२१औँ सताप्दिमा कोहि कसैलाई बिना कुनै शुल्क बिना कुनै स्वार्थ्यको शिक्षा दिएको सुन्दा अचम्म लाग्न सक्छ । तर बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरका एक युवा करिब ७-८ वर्ष देखि करिब १५०-२०० जना साना साना विद्यार्थिलाई नि:शुल्क शिक्षा दिदै आएका छन् ।
जीतपुरका युवा मनोज कुमार साहले ७-८ वर्ष देखि करिब २०० जना विद्यार्थिहरूलाई नि:शुल्क शैक्षिक शिक्षा दिदै आएको खबर सुने पछि हामिलाई पनि विश्वास लागेन । प्रत्यक्ष हेर्न जादा जे देखियो त्यो विश्वास गर्न लायकको थिएन । प्रत्यक्ष हेर्दा जीतपुर बजारमा भुईमा बसेर किरब १५०-२०० जना विद्यार्थिहरू बसेर पढ्दै थिए ।
पढ्ने बच्चाहरू मधे कसैको नाक बाट त कसैको मुख बाट र्याल खस्दै थियो तेस्ता बच्चाहरूलाई युवा मनोज साहले नि:शुल्क शिक्षा दिएर उनिहरूको भविश्य बनाउन तिर लागेका छन्, । बच्चाहरू सँगै अलि बुझ्न सक्ने बच्चाहरू पनि मनोज सँग शिक्षा लिदै थिए ।
मनोजका अनुसार जो बच्चाहरू पैसाको अभावले टिउसन वा कोचिङ पढ्न बाट बन्चित हुन्छन तेस्ता बच्चाहरूलाई शैक्षिक शिक्षा दिदै आएको बताउछन् । उनी शैक्षिक शिक्षा मात्र हैन उनी जीतपुर र जीतपुर वरिपरि भेगका बच्चाहरूलाई नि:शुल्क सितोरियो कराते पनि सिकाउछन् । मनोज साह सितोरियो करातेमा थ्रि डन सम्मका तालिम लिएर सह-प्रशिक्षकको रूपमा तालिम गराउछन् ।
२१औँ सताप्दिमा यस्तो कार्य गर्ने मनोजलाई उनी सँग शिक्षा लिने बच्चाहरूको परिवारले आफ्नो परिवार जस्तै माया गर्छन । मनोज आफ्नो यस्तो कार्यले जीतपुरमा निकैनै लोकप्रिय छन् । जीतपुरमा मनोजका लोकप्रियता हेर्दा कुने कलाकार भन्दा कम छैन ।