नवराजपुर गाउँपालिका भ्रष्टाचारको अखाडा : जसपा नेता शिवा यादव

सिरहा । जनता समाजवादी पार्टीका युवा नेता शिवा यादवले नवराजपुर गाउँपालिका भ्रष्टाचार र अनियमितताको बोर्डर लाईन पार गरेको भन्दै कडा संघर्षमा उत्रने चेतावनी दिएका छन । उनले गा.पा अध्यक्ष विश्व मोहन प्रसाद यादवले आफ्नो मनोमानी किसिमले कार्यपालिका चलाएको भन्दै आरोप लगाएका छन ।

नेता यादवले भने ‘गाउँपालिका हाल सम्म स्कुलको बिज्ञान प्रयोगशालामा संचालित हुनुले बिद्यार्थीहरुको सिकाई प्रभावित बनेको छ । लाखौं बजेट खर्चिएर बनाईएको बाउन्ड्री पर्खाल भत्किएको छ । कमसल सामान प्रयोग भएको पर्खाल रकम निकासा हुने वित्तिकै भत्किनु पालिकाको कार्यशैलीलाई दर्शाउछ ।’
त्यसैगरी ८ महिना अगाडि छात्राहरूलाई बाँडन ल्याएको साईकल हाल सम्म गोदाममा थन्काईएको छ । उहिले खरिद गरि ल्याईएको ह्यान्ड पाईप, बोरिङ, मोटर लगायतका कृषि सामग्रीहरु वितरण गरिएको छैन । कोभिड-१९ माहामारीमा प्रभावित जनसमुदायको लागि छुट्ट्याईएको १ करोड ४० लाख बराबरको राहतमा समेत घोटाला भएको नेता यादवले बताए ।

बाढी पीडितको लागि आएको राहत प्याकेजमा समेत बेईमानी भएको स्थानीय बताउँछन् । स्थानीय बालेश्वर यादवका अनुसार बाढी पीडितको लागि भनिएको राहत सामग्री वडा २ र ३ मा हाल सम्म बाडिएको छैन ।

यस विषयमा गा.पा अध्यक्ष यादवसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

सम्वन्धित समाचार :