सिरहा । सिरहाका नवराजपुर-५ स्थित कुर्सण्डीका तेतर यादव आफ्नो घर सम्म जाने बाटोको लागि सरोकारवालालाई गुहारेका छन । उनकै छिमेकी राजलाल यादव, राम शंकर यादव र देवकुमार यादव विच भएको बाटो विवादका कारण आफुले अहिलेसम्म बाटो नपाएको तेतर यादवको गुनासो रहेको छ ।
करिब २ बर्ष अगाडि देखि चुलिएको बाटो विवाद २०७५ चैत १७ गते बसेको गा.पाका न्यायीक समितिको बैठकले किनारा लगाउने प्रयास गरेको तर अवस्था जस्ताको त्यस्तै रहेको तेतरको भनाई रहेको छ । उनको अनुसार न्यायीक समितिको बैठकले दुखी यादव जग्गाको दक्षिणपट्टी हुदै नेवीलाल यादवको उत्तरपट्टी बाट बेचन यादव जग्गाको किनाराको पश्चिम तर्फ हुदै राजलाल यादव र मुङ्गालाल यादवको जग्गा हुदै दुखी यादवको जग्गा सम्म ६ फिट बाटो दिने निर्णय गरेपनि कार्यान्वयन भएन ।
पीडित तेतरका अनुसार बाटो नदिने उनका छिमेकीको केहि जग्गा उनको घरको दक्षिणपट्टी रहेको छ जहाँ जान उनीहरूले घर भत्काउने दवाव दिईरहेका छन । पिडित यादवले न्यायसमिति ले निर्णय गरे बमोजिम आफ्नो घरको पुर्वपट्टीबाट जग्गा दिन तयार रहेका छन ।
बालीनाली काटेर भित्राउदा अत्यधिक कठिनाई भोग्नुपरेको भन्दै पीडित तेतर यादवले सरोकारवाला निकाय समक्ष गुहार लगाएका छन । उनको अनुसार यि सानातिना समस्या समेत सुल्झाउन नसक्ने न्यायीक समिति आखिर किन चाहियो जनतालाई? ठुलो प्रश्न चिन्ह खडा भएको छ ।