बारा
१३ मंसिर २०७७
पिसपार्क शंरक्षण समितिकी शंरक्षक समेत रहनुभएकी पूर्वमन्त्री ज्वाला कुमारी साहले अतिक्रमणको जोखिममा परेको वनक्षेत्र शंरक्षणमा राजयोग सेवा समितिको काम प्रशंसनिय रहेको बताउनु भएको छ ।

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र पिलुवाको आयोजनामा पिलुवा स्थीत शान्ति बाटिका (पिस पार्क) परिषरमा शनिबार विहान आयोजित कम्पाउण्डवाल शिलान्यास तथा विविध कार्यक्रम सम्पन्न उद्घाटनका क्रममा यस्तो बताउनु भएको हो ।

मानिसलाई जव तनाव हुन्छ उसले एकान्त रुचाउन थाल्छ । मनमोहक ठाउँमा भुल्न खोज्छ । त्यसका लागि शान्ति वाटिका उत्तम स्थान बन्न सक्ने वहाँको भनाई थियो । सबैले सकेको सहयोग गरेर पार्कको शंरक्षण गरौं । यहाँ आवश्यक भवनका लागि आफुले सहयोग गर्ने प्रदेशसभा सदस्य साहले बताउनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको शान्ति बाटिकाको शंरक्षणका लागि जनसहभागितामा निर्माण गर्न लागिएको कम्पाउण्डवालको प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले शिलान्यास गर्नु भएको हो । कम्पाण्डवालको शिलान्याससँगै सुविधायूक्त खानेपानीको धाराको उद्घाटन, राष्टियझण्डा पहराउने कार्य र स्नेह मिलन कार्यक्रमहरु भएका हुन् ।

जनप्रतिनिधि, स्थानिय, शुभचिन्तकहरुको जनसभागितामा २ हजार फिट लामो कम्पाउण्डवाल निर्माण गर्न लागिएको ब्रहंमकुमार भाईजी गुणराज लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको ४ लाख अनुदान र बाँकी जनसहयोग गरेर अनुमानि २५ लाख रुपैयाँको लागतमा वाल तयार गरिन लागिएको हो ।

करिब १५ बर्ष अघि हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिको निर्णयबाट उक्त स्थानमा ३ विगाह जमिन शान्ति बाटिका स्थापनाका लागि प्रदान भएको लामीछानेले जानकारीदिनु भयो ।
सोही क्षेत्रमा विभिन्न प्रजातीका विरुवा लगाईएको र हुर्कदै गरेको देख्न सकिन्छ ।

बोट विरुवाको शंरक्षणका संगै पर्यटकीय स्थलका रुपमा स्थापना गरिएको शान्तिबाटीकालाई अवका दिनमा ज्ञानबाटिकाका रुपमा विकास गर्ने प्रयासहरु भैरहेको लामिछानेले जानकारी दिनु भयो । बाटिका परिषरलाई सजाउने क्रम जारी छ वहाँले बताउनु भयो ।

कार्यक्रममा ब्रहंमाकुमारी राजयोग सेवाकेन्द्र विरगजंकी क्षेत्रिय संचालिका राजयोगिनी ब्रह्माकुमारी रबीना दिदी, डुमरवाना कलेजका प्रमुख राधेश्याम शिवाकोटी, प्राविधिक शिक्षालय सखुवाघाटका संयोजक अनिल मैनाली, शसस्त्र प्रहरी वल रिजर्व गणका प्रमुख मनोज थापा, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने, वडा सदस्य तुलसा मैनाली लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

सम्वन्धित समाचार :