वीरगन्ज,१३ मंसिर
वीरगन्जमा कोरोना फैलिन नदिनलाई कक्षा १२ का परीक्षार्थीहरुलाई निःशुल्क रुपमा मास्क सहितका समाग्री वितरण गरिएको छ ।
सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि कक्षा १२ को परीक्षामा सामेल परीक्षार्थीहरुलाई मास्क सहितका समाग्री वितरण गरिएको हो । कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि ५ हजार परीक्षार्थीहरुलाई मास्क ,डटपेन र क्लीयर ब्याग बितरण गरिएको हो ।
काठमांडौ रहेको सि.आई ई.टी कलेजले वीरगन्जको विभिन्न केन्द्रका परीक्षार्थीहरुलाई निशुल्क रुपमा वितरण गरेको हो ।
भाईरसको संक्रमण बाट सजग हुदै परिक्षामा कुनै डर त्रासको समस्या नहोस भन्दै कलेजले परीक्षार्थीहरुलाई माक्स वितरण गरेको सि.आई ई.टी कलेजका प्रबन्धक निर्देशक सुधिर गुरागाँईले बताए ।
उनका अनुसार निजी कलेजबाट परीक्षामा सहभागी परीक्षार्थीहरुलाई माक्स सहितका समाग्री वितरण गरिएको हो । उनले महानगरका सबै परीक्षा सेन्टरका पुगेर परीक्षार्थीहरुलाई माक्स वितरण गरीएको बताए ।
उनका अनुसार महानगरपालिका सवै कलेजमा अध्ययनरत परीक्षार्थीहरुलाई माक्स वितरण गर्ने योजना अनुसार पहिलो चरणमा परीक्षामा सामेल विद्यार्थीहरुलाई माक्स वितरण गरिएको बताए ।
बढी मानिसहरुको भिडभाड हुने विद्यालयहरु भएको कारण सचेतना फैलाउनका लागि मास्क बितरण गरिएको उनले बताए ।
गएको मंगलबारबाट राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सुरु गरेको हो । वैशाख ८ गते हुनुपर्ने परीक्षा कोरोना कहरका कारण पछि सरेको हो ।
कोरोना संक्रमणबाट जोगिन परीक्षार्थीले स्यानिटाइजर, मास्क र फेससिल्ड प्रयोग गरेका छन् । सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको छ ।

सम्वन्धित समाचार :