बारा
१२ मंसिर २०७७
संचालककै अगुवाईमा जुवा (कौडा) खेलिरहेका होटल संचालक सहित दशजनालाई विहिबार राती प्रहरीले सिमराबाट पक्राउ गरेको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थीत पाराडाईज होटलबाट करिब ६ लाख नगद सहित १० जना जुवाडे पक्राउ गरेको हो ।
होटलका संचालक स्थानिय राजन भनिने ३९ बर्षका राजेन्द्र उप्रेती, सोही ठाउँका ३९ बर्षिय दिपक भट्टराई, ३४ बर्षका अशोक लामा, २६ बर्षका राज लामा पक्राउ परेका हुन् । यस्तै वडा नंं. ७ जीतपुरका ४८ बर्षका राजेश गिरी, ४५ बर्षिया श्याम सिंह, ३० बर्षका सुनिल श्रेष्ठ, वडा नं.९का ३७ बर्षिय प्रल्लाहद दुलाल छन् ।
सोही पालिका वडा नं.१ सिमराकै अर्का होटल संचालक ४२ बर्षका रोविन दाहाल र निजगढ नगरपलिका ९ निजगढका ३८ बर्षिय सन्त श्रेष्ठलाई प्रहरीले जुवाखालबाट रंगेहाल प्रक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले विहिबार राती होटल परिषरको टहरोमा कौडा खेलीरहेको अवस्थामा घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीको साथबाट १६ थान कौडा सहित ५ लाख ८२ हजार ५५० रुपैया बरामद गरेको जनाएको छ । उनीहरु उपर जुवा मद्दा अन्तरगत मुद्दा दर्तागरी अनुसन्धान भैरहेको बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिए ।