Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राजकुमार गुप्ता चौरसिया हत्याको मुख्य योजनाकार नरहेको खुलासा, गुप्तालाई अदालत बाट क्लिन चिट

न्युजडेस्क न्युजडेस्क
१२ मंसिर २०७७, शुक्रबार
राजकुमार गुप्ता चौरसिया हत्याको मुख्य योजनाकार  नरहेको खुलासा, गुप्तालाई अदालत बाट क्लिन चिट
45
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

दिपेन्द्र साह,  बीरगंज, पर्सा ।

गत कात्तिक ६ मा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको हत्या अभियोगमा प्रहरीले २७ जना बिरुद्ध प्रहरी प्रतिवेदन थियो । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या प्रकरणको अनुसन्धान सहित आफनो प्रतिवेदन जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा बुझाएको हो । बुधवार प्रहरीले प्रतिवेदन बुझाएको जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालय पर्साले जनायो ।

बिहीबार जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीले दिएको प्रतिवेदनको बिस्तृत अध्ययन पछि १३ जना बिरुद्ध मुद्दा चलाउने गरी कर्तब्य ज्यान अन्र्तगतको मुद्दामा कारवाहीको कागदावी राख्दै जिल्ला अदालत पर्सामा अभियोजन गरेको छ । जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालयले घटना कुनै पनि कोणबाट संलग्न नदेखिएका ब्यक्तिहरुको नाम हटाएर अदालतमा मुद्धा दर्ता गरेको स्रोतले जनाएको छ । अनुसन्धानको क्रममा अझै छुट्ने वा बढ्ने दुबै सम्भावनाहरु रहने स्रोतले जनायो ।

चौरसियाको हत्या पछि पीडित परिवारलाई अगाडि सारेर संविधान सभाका सदस्य राजकुमार गुप्ताको राजनीतिक जीवनको अवसान गराउन खोज्ने षडयन्त्र भने असफल भएको छ । प्रहरीको अनुसन्धानमा हत्याको घटनामा गुप्ताको संलग्नतालाई पुष्टि गर्ने आधार र प्रमाणको अभाव भएकोले नै जिल्ला न्यायधीवक्ताको कार्यालयले गुप्ता बिरुद्ध मुद्धा चलाउन नपर्ने गरि अभियोजन गरेको हो । गुप्ता सहित अन्य नेताहरुको समेत नाममा जिल्ला सरकारी वकील कार्यालयले मागदावी गरेर अदालतमा मुद्धा दर्ता गराएको छैन ।

गुप्तालाई केन्द्रित गरेर पार्टीको स्थायी समितीका सदस्यहरु केन्द्रीय सदस्यहरुले जसरी वीरगञ्जमा सडकमा आन्दोलन गरेर आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकार र त्यसले सञ्चालन गरेको कानूनी ब्यवस्था प्रति अविश्वासको वतावरण पैदा गरे परिणामले त्यसलाई गलत सावित गरिदियो । अब निर्दोष मान्छेलाई दोषी करार गर्दै सडकबाट कोकोहोलो मच्चाउने नेताहरुले सामान्य नैतीकता प्रर्दशन गर्छन् की गर्दैनन त्यो हेर्न पर्सेली नेकपाजन प्रतिक्षामा छन ।

कानूनी ब्यवस्था प्रति अविश्वास सृजना गरेर राष्ट्रसेवक सुरक्षा कर्मचारीको पुुत्ला जलाएर उनीहरुको मनोवल कमजोर बनाउने र अनुसन्धानलाई डिरेल गर्न चाहनेहरु मध्यबाटै केही हत्या प्रकरणमा जिम्मेवार रहेको खुलेको छ । जिल्ला सरकारी वकीलको कार्यालयले उनीहरु बिरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि त्यी ब्यक्तिहरुको अगुवाईमा आन्दोलनको नेतृत्व गर्नेहरुले नैतिकता प्रदर्शन गरेर थप अनुसन्धानलाई अप्रभावित राख्नकालागि आ–आफ्ना पदबाट नैतीकताको आधारमा राजीनामा दिनु पर्ने बैद्धिक जगतको प्रतिक्रिया सार्वजनिक भएको छ ।

संविधान सभाका सदस्य गुप्ता जनमैत्री भएकै कारण असुरक्षा महशुस गरेर उहाँलाई फसाउन खोज्नेहरु असफल भएपछि नेकपाको पर्सेली राजनीति कसरी ध्रुविकृत हुन्छ त्यो भने हेर्न बाँकी छ । दोहोरो झडपमा भएको हत्यालाई पार्टीभित्रको आन्तरिक द्वन्द्वको कलेवरमा आफू बच्ने प्रयास गर्नेहरुको चाल असफल भएको छ । आफू बच्नका लागि नै राजकुमार गुप्तालाई दोषी करार गर्ने काम भएको थियो । अनुसन्धानको एउटा प्रक्रिया पार भएको छ कानून र ब्यवस्था प्रतिको विश्वास म मा छ मलाई षडयन्त्र गरेर फसाउन खोजिएको कुरा घाम जत्तिकै छर्लङ थियो त्यो प्रमाणित भएको गुप्ताको प्रतिक्रिया छ ।

उहाँले हत्या मात्र नभई आफू हिंसाको पक्षधर नभएको प्रष्ट पार्नु भयो । पार्टी भित्रको राजनीति प्रतिस्पर्धा समेत शत्रुतापूर्ण हुँदैन त्यो मित्रतापूर्ण नै हुन्छ त्यसैले हिंसाप्रति मेरो कुनैपनि आकर्षण नरहेको प्रष्ट पार्छु गुप्ताले भन्नु भयो घटना दुःखद हो पार्टीले जिम्मेवार कार्यकर्ता गुमाउनु परेको छ, तर घटनास्थलमा रहनु भएका नेताहरुले चौरसियाको उपचारमा यथेष्ठ ध्यान दिनु भएन भन्ने मलाई लागेको छ । नेताहरुलाई वीरगञ्जमा हेलिकप्टरमा झिकाउन सकियो, तर चौरसियाजीलाई उपचारको लागि हेलीकप्टर झिकाउने काम किन भएन भन्ने प्रश्न आफनो मनमा खेली रहेको गुप्ताले बताउनु भयो ।

पार्टी भित्रको बिवादको एउटा पृष्टभूमीमा नेताहरु भएकै ठाउँमा झडप भयो यो अवस्था आउनमा को दोषी हो त्यसको बिषयमा अव बहस गर्नुपर्ने उहाँको तर्क छ । अझ गुप्ताले चौरसिया हत्यामा जो सुकै संलग्न भएपनि यो घटनाको पृष्ठभूमि खोतल्नुपर्ने र तल्लो तहबाटै अनुसन्धान गरी जुनसुकै शक्तिको आडमा राजनीति अभिष्ट पुरा गरिरहेका व्यक्तिहरु नै किन नहुन उनीहरुलाई समेत कानूनी दायरामा ल्याउनु पर्ने बताउनु हुन्छ । नेता गुप्ता चौरसियाको परिवारलाई क्षतिपूर्ती, राहत र एमाले जस्ले उच्च सम्मानका साथ व्यवहार गर्ने र पढाई लेखाई एवं लालन पालनमा ध्यान पु¥याउन जरुरी भएको समेत बताउनु हुन्छ ।

जहाँबाट घटनाको सुरुवात भयो, यदि झडप हुन थाल्यो भन्ने आभाष नेताहरुलाई थियो भने उनीहरु बाहिर निस्केर कार्यकर्तालाई सम्झाएको भए नेताहरुले सम्झाउँदा नमान्ने कोहि पनि कार्यकर्ता थिएनन् । तर त्यो कार्यक्रम मार्फत पर्सामा जुन घटना भयो अब भने अरु घटना नहोस् भनेर त्यसको गहिरो अध्ययन हुनुपर्ने र जो सुकै भएपनि कारवाही हुनै पर्ने दृढता समेत व्यक्त गर्नुहुन्छ । जे भएपनि राजकुमार गुप्ताले क्लिन चिट पाएपछि अब भने पर्सामा षडयन्त्रकारीहरुको सपना चक्नाचुर भएको छ भने निष्ठाको राजनीतिकले जितेको छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१२ मंसिर २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१२ मंसिर २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१२ मंसिर २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१२ मंसिर २०७७, शुक्रबार
अन्य

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

१२ मंसिर २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१२ मंसिर २०७७, शुक्रबार
Next Post
भ्रष्टचारको ग्राफ बढदै, नियन्त्रण आवश्यक – विद्यार्थी यादव

भ्रष्टचारको ग्राफ बढदै, नियन्त्रण आवश्यक – विद्यार्थी यादव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी