वीरगन्ज,९ मंसिर
कोरोना संक्रमण रोकथामका लागी भएको लकडाउनले प्रभावित परीवारलाई वितरण गर्नका लागी आएको राहत प्याकेट वितरण नहुदै कुहिएको छ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा लकडाउनले प्रभावित विपन्न परिवारलाई वितरण गर्नका लागी आएको राहत जनप्रतिनिधिको लापरावाहीका कारण कुहिएको हो ।
प्रदेश सरकारले दोस्रो चरण मार्फत पठाएको राहत प्याकेट मध्ये अधिकांश राहत कुहिएको अवस्थामा पाएको छ । विगत लामो समयदेखी जनप्रतिनिधिले वितरण नगरेर आलटाल गरेपछि राहत कुहिएको स्थानीयबासीले बताएका छन ।
स्थानीयका अनुसार जनप्रतिनिधिले आफ्नो निकटका कार्यकर्तालाई राहत वितरण गर्न तयारी गरेपछि पार्टीगत आन्तरिक विरोधका कारण वितरण नै नगरी कुहाएको स्थानीयबासको आरोप छ । राहतको प्याकेट तयारी अवस्थामा भएपनि अब खान अयोग्य अवस्थामा पुगेको छ । विपन्न परिवारलाई वितरण गर्न ल्याइएको राहत प्याकेट वितरण नगरेर जनप्रतिनिधिले खान अयोग्य बनाएका छन ।
किन वितरण भएन राहत ?
प्रदेश २ सरकारले दोस्रो चरणमा घरेलु तथा साना उद्योग कार्यालय मार्फत उपलब्ध गराएको राहत प्याकेट जनप्रतिनिधिले आफ्नो निकटलाई वितरण गर्न नसकेपछि कुहीएको छ । लिपनीमालको श्री भोज भगत माविको भवणमा विगत ४ महिना भन्दा बढि समयदेखी राखिएको राहत अहिले सम्म वितरण नहुदाँ कुहिएर गनाउने थालेको छ । प्रदेश २ बाट आएको राहत घरेलु तथा साना उद्योग बाराले एकै मुष्ठ परवानीपुर गाँउपालिकामा राहत बुझाएका थिए ।
गाँउपालिकाले विभिन्न वडा कार्यालयमा राहतको प्याकेट पठाए पनि वडा न ३ लिपनीमालमा राहत वितरण नहुदाँ कुहिएको स्थानीय राजेश यादवले बताए ।
लकडाउनबाट प्रभावित गरिव, दलित ,अपाङ्ग लगायत परिवारलाई राहत दिनु पर्नेमा जनप्रतिनिधिले आफ्ना निकटलाई राहत दिने मनसाय बनाएको कारण राहत कुहिएको उनले बताए ।
राहत उपलब्ध भएको समयमा वितरण गर्नुपर्न भएपनि विद्यालय भवणमा राखेर कुहाए पछि गनाउने गरेको यादवले बताए । घरेलु कार्यालय मार्फत आएको एकसय ८५ वटा राहतको प्याकेजमा एक सय भन्दा बढि वितरण नहुदै कुहिएको हो । राहतमा चामल,नुन,साबुन, खाने तेल लगायतका समाग्री कुहिएको र खान अयोग्य भएको उनले बताए ।
प्राविधिक समस्याले वितरण हुन सकेनन्
प्रदेश २ सरकारले पठाएको राहत वितरण नभएर कुहीएको बिषयमा जनप्रतिनिधि नै बेखबर रहेका छन । गत असारमा आएको राहत वितरण भएको वा नभएको बिषयमा पालिकाका जनप्रतिनिधि नै बेखबर भएका हुन । परवानीपुर गाँउपालिकाका अध्यक्ष हरीनारायण साहले राहत पठाएको लामो समय सम्ममा वितरण नगरेर कुहाएको बिषयमा आफुलाई जानकारी नभएको बताए ।
गाँउपालिकाले एकै पटक सबै वडामा राहत पठाएकाले कहाँ वितरण भएको र कहाँ वितरण नभएको बिषयमा आफु जिम्मेवार नरहेको गाँउपालिका अध्यक्ष साहले प्रतिक्रिया दिए । उनले राहत वितरण गर्न जिम्मेवारी वडा अध्यक्षहरुको रहेकाले त्यसको जवाफ मसंग नभएको बताए ।
यस्तै परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसीयाले गाँउपालिकामा आएको राहत वितरण भएको वा नभएको बिषयमा आफुलाई जानकारी नभएको बताए । उनले आफुले केहि महिना अगाडी मात्र गाँउपालिकामा जिम्मेवारी पाएकाले उतm बिषयमा जानकारी नभएको बताए । अब जानकारी भएपछि बुझेर थप कुरा जानकारी गराउने प्रमुख प्रशासकिय अधिकृत चौरसीयाले आश्वासन दिए ।
ढिलो गरेर राहत वितरण नभएपनि अहिले सम्म नकुहीएको अवस्थामा रहेको गाँउपालिका ३ लिपनीमालका वडाअध्यक्ष अनिल रामले बताए । उनले राहत वितरण अगाडी नै गर्नुपर्न भएपनि केहि प्राविधिक समस्याका कारणले हालसम्म वितरण हुन नसकेको बताए । वडाअध्यक्ष रामले आएको राहत मध्ये केहि प्याकेट मात्र राहत अहिले वितरण नभएको दावि गरे ।
पत्रकारले सुचना पाएपछि हटाईयो
विगत लामो समयदेखी राहत वितरण नभएको र थन्काएर राखिएको सुचना पत्रकारले पाएपछि उतm स्थानबाट राहतको प्याकेट हटाईएको छ ।
मंगलबार दिउँसो पत्रकार सहित स्थानीयबासीले हालसम्म राहत वितरण नभएको र लुकाएर राखिएको सुचना पाएर पुगेपछि त्यसको केहिबेरमा राहतको प्याकेट हटाईएको स्थानीयबासीले बताएका छन ।
स्थानीयका अनुसार जनप्रतिनिधको निर्देशनमा पार्टीका केहि कार्यकर्ताले विद्यालयबाट उतm राहत प्याकेट हटाएर अन्य ठाँउमा लगेका छन ।
वितरण नगरी एकसय भन्दा बढि प्याकेट विद्यालयमा राखिएकोमा ८० वटा प्याकेट हटाईएको छ । स्थानीयका अनुसार राहत उपलब्ध भएको लामो समयसम्म वितरण नभएकाले यो बिषय ठुलो हुने भएपछि उतm स्थानबाट हटाईएको हो ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy