जनकपुर,मंसिर ९ गते । परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्य रहेको जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दिपक कुमार झाले वताए । मुलुकमा परिवर्तन ल्याउनका लागि युवाहरुको महत्वपुर्ण योग्दान रहेको उनले वताए । मुलुकमा नयाँ संरचना आएपनि नेतृत्व पुरानै रहेको हुदाँ संघियताको मर्म अनुसार कार्यान्वयन गर्न समस्या भइरहेका वताए ।
युरोपिएन युनियनको आर्थिक सहयोग तथा भिएओ नेपालको सहकार्यमा नेपाल युवा संस्था सञ्जाल (आयोन) द्धारा धनुषाको जनकपुरधाममा आयोजित सामाजिक उत्तरदायित्व समावेशीता र युवा जवाफदेहीता विषयक कार्यशालाका प्रमुख अतिथी समेत रहेका उपसभापति झाले भने संघियताको अभास हुनेगरी स्थानीय तहले कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले भने जिम्मेवार निकायले पार्दशितता र जवाफदेहीता वहन गर्नुपर्ने सुझाव दिए । पार्दशितता र जवाफदेहीता परिवर्तनका औजार रहेको वताउँदै अगामी दिनमा आफुले सम्पादन गर्ने क्रियाकलपाहरुलाई पार्दशितताका लागि कुनै कसर वाँकी नराख्ने वताए । स्थानीय तहमा देखिएका विकृति र ढिलासुस्तीका विषयमा सरोकारवालाहरु गंम्भिर हुनुपर्ने वताए ।
कार्यशालामा आयोनका पुर्व केन्द्रिय सदस्य रामबाबु यादवले भने नीति निमार्ण गर्नेहरुमा नै पारर्दशितता र जवाफदेहीताको अभाव रहेको वताए । उनले भने सवैले सधै जवाफदेहीता र पारर्दशितताको कुरा गर्ने तर आफनो निकायमा वा आफुले नेतृत्व गर्ने निकायमा कहिले जवाफदेहीताको वहन नगर्ने परिपार्टी रहेको वताए । स्थानीय सरकारले संघसस्थासंग समन्वय र सहकार्य गर्न आलटाल गरिरहेको समेत वताए । युवा समुहलाई परिचालनका निम्त्ति स्थानीय तहलले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जागरण अभियान प्रदेश २ का संयोजक संजिव कुमार यादवले भने युवा परिवर्तनका संवाहक रहेकोले स्थानीय तहले युवाहरुसंग हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिए । उनले भने सवै निकायले पारदर्शितता र जवाफदेहीता इमान्दारीका साथ पालना गर्ने हो भने आम नागरिकले राज्यको अनुभुति गर्ने वताए ।
कार्यशालामा नेपाल युवा संस्था सजालका परियोजना संयोजक जागेश्वर यादवले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने शिक्षा समन्वय इकाइ सिरहाका प्रमुख शशिकुमार यादवले सामाजिक जवाफदेहिता विषयमा आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । प्रस्तुतिमा सार्वजानिक सुनुवाई,सामाजिक उत्तरदायित्वका विद्यमान कानुनहरु,संविधान लगायतका विषयमा छलफल गरेका थिए ।
नेपाल युवा संस्था संजाल (आयोन) प्रदेश २ का उपाध्यक्ष सिताराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका विषयगत शाखाका प्रमुखहरु,आयोनका सदस्य संस्थाहरु,स्थानीय युवा तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेका थिए ।

सम्वन्धित समाचार :