मनहर्वा,बारा
०९ मंसिर २०७७
जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं सामाजिक अगुवा नारायण प्रसाद खतिवडाको निधन भएको छ ।

आन्द्रामा क्यान्सर भई दुई महिना देखी उपचार खतिवडाको मंगलबार विहान ५१ बर्षको उमेरमा टिचिङ्ग अस्पताल काठमाण्डौंमा मंगलबार विहान करिब ७ बजे निधन भएको हो ।
संस्थापक अध्यक्ष खतिवडाको निधन भएपछि साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले बुधबार आफ्ना सबै कार्यालय बन्द गर्ने सुचना गरेको छ ।

सामाजिक रुपमा सक्रिय खतिवडा साना किसान सहकारी संस्थासँगै साना किसान कृषि संघ लि.बाराका संस्थापक कोषाध्यक्ष, सर्वसुलभ साकोस मनहर्वाका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । स्थानिय संघसंस्था , विद्यालय, मठमंदिरसँगै समाजिक रुपमा सक्रिय खतिवडाको अल्पायूमै भएको निधनले सिङ्गो गाउँ शोकमा परेको छ । खतिवडाको निधनपछी सहकारी संस्थाहरुले छुट्टाछुटेटै सोक संदेश जारी गरेका छन् ।

सन्देशमा सहकारी अभियानका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएका खतिवडाको निधनबाट सिंगो सहकारी अभियानले एक कुशल सहकारी अभियन्नता गुमाएर अतुलनिय क्षेती भोग्न बाध्य भएको बताईएको छ । सहकारीसँगै सामाजिक अभियन्नताका रुपमा परिवार ,समाजमा खतिवडाले पु¥याउनु भएको योगदानको उच्च सम्मान गरिने संदेशमा अभियानका तर्फबाट उल्लेख भएको छ।

स्वर्गिय खतिवडा

स्वर्गीय खतिवडाले २०५९ देखी ०६७ साल सम्म करिब ८ बर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अविभावकिय जिम्मेवारी निर्वाह गर्नु भएको थियो । संस्थाको नेतृत्वसँगै सिंगो सहकारी अभियानका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएका खतिवडाको निधनले अशल अविभावक गुमाएको भान भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताउनु भयो ।

नेकपा गाउँ स्थतरिय कार्यकर्ता समेत रहेका खतिवाको निधनले सिंगो पार्टी कमिटी स्तब्ध बनेको नेकपाका नेता एवं जीतपुरसिमरा उपमहानगरपालिका १८का वडा अध्यक्ष अजुन प्रसाद दाहालले बताए ।

खतिवडाको आजै पशुपति आर्यघाट काठमाण्ठौमै अन्तीम संस्कार गरिएको परिवार श्रोतले बताएको छ । वहाँका श्रीमती तीन छोरा बुहारी र नाती नातिना छन् ।

सम्वन्धित समाचार :