बारा
०९ मंसिर २०७७
काँग्रेस कार्यकर्ता समेत रहेका जग्गा ब्यवसायी ईच्छा बहादुर वाग्लेले विपन्न किसानको बाली नोक्सान गरेपछी बडहर्वाका गाउँलेले हर्जना तिराएका छन् । सोमबार अपराहन्न जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा सोही विषयमा वाग्लेलाई स्थानियले हर्जना तिराएका हुन् ।

बालि मासेको विषयमा विवाद भएको थियो । मलजल गर्ने बेला भएको बालि एकाएक जग्गा ब्यवसायी वाग्ले आएर किसानको बालिमा टेक्टर चलाएपछि विवाद भएको किसान शिव कुमार कार्कीले बताए ।
बालि नष्ट गरेको निहुँमा विवाद भएको जीतुरसिमरा उपमहागरपालिका १८ का अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए । वाग्ले र किसानहरु विचमा विवाद मिलाउन पुगेका दाहालका अनुसार वाग्लेले मासेको बालिको प्रति विगाह ५० हजार रुपैंया हर्जना तिर्ने स्विकार गरेपछी विवाद हाललाई मिलेको छ । वाग्लेले तिर्न स्विकार गरेको क्षेतीपुर्ती रकम १ लाख ५८ हजार स्थानिय दुर्गा दाहालले मंगलबार किसानलाई बुझाउने गरी जमानी बसेका वडा अध्यक्ष दाहालले सुनाए ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा वाग्ले समुहले १०बर्ष अघि ११ विगाह जमिन किनेका थिए । ग्रिन भिलेज कोलनीको नाममा प्लटीङ्ग गरेको उक्त जमिन सोही समयदेखी बाँजो थियो । अघिल्लो बर्ष सरकारले जमिन बाँजो राख्नेलाई कार्वाही गर्ने कानुन बनाएपछी यसबर्ष स्थानिय करिब २० विपन्न किसानलाई धान रोप्न लगाईएको हो ।
जग्गामा ब्यवसायिक साझेदार बताउने स्थानिय बसन्त खतिवडाको सल्लाहमा १०बर्ष पुरानो पर्ती जोतर किसानले धान लगाएका थिए । निकै खर्च गरेर पुरानो पर्तीलाई खेती योग्य बनाएर धान लगाएपनि राम्रो प्रतिफल नआएको किसानहरुले बताए । धानमा भएको घाटा दोस्रो चरणको खेतीबाट असुल गर्ने अभिलासामा उत्पादित धानको एकचौथाई उनै खतिवडालाई बुझाएका किसान दावा लामाले बताए ।

एक चौथाई धान बुझाएका किसानले खतिवडासँग पुनःबार्षिक प्रति विगाह ३०हजार रुपैंया बुझाउने मौखिक सहमतीमा खेती सुरुगरे । दोस्रो बालिका रुपमा गत कार्तिक तेस्रोसाता मकै, गहूँ तोरी तथा मसुरो लगाएको अर्का किसान तिलक गुरुगंले बताए । धानमा खेती गर्दा धेरै घाटा खेपेका हामी माथी अन्याय भयो उलने भने । पूर्व जानकारी विना एकाएक वाग्लेले बालिमा टेक्टर चलाए । उनले भने राजनैतिक पहूँच र सम्पतीको आडमा वाग्लेले विपन्न किसानमाथी ज्याजती गर्ने प्रयास गरे ।

वाग्लेले मनिसा पुलामीको मसुरो, दावा लामाको मकै, तिलक गुरुगं, श्री चौधरी ,एकवाल राम समेतको गरी ४ विगाहबढी जमिनमा लगाईएको बालिमा टेक्टर लगाएर जोतेका हुन् । किसानको बालि जोत्न काँग्रेसका स्थानिय नेताकार्यकर्ता सहित खेत पुगेका वाग्ले समुह र किसानहरुका विचमा झडप हुने स्थीत बनेको थियो । झडप हुने स्थीति अगावै प्रहरी पुगेपछी झडप हुन नपाएको पिडित किसान गुरुगले बताए ।

आफुलाई जानकारी नदिई आफ्नो जग्गामा खेती लगाईएकोले बाली जोत्नु परेको वाग्लेले बताए । आफुले कृषि पेशा गर्न बैंकबाट कर्जा लिएको र उक्त कर्जामा डाबर नेपालसँग मिलेर जडिबुटी खेती गर्न खेत जोतेको प्रतिकृया दिए । बसन्त खतिवडालाई आफुले नचिन्ने र उसको जग्गामा लागत साझेदारी नभएको बताए । किसान परिचालन गरेर खतिवडाले आफुलाई अफ्ठ्यारो पार्न खोजेको उनको भनाई थियो ।

यता खतिवडाले भने उक्त जग्गा कारोबारमा आफु ,वाग्ले ,राजन दाहाल, कुमारराज शर्मा फूँयाल, अजय पौडेल लगायतको आर्थिक सहभागिता रहेको बताए । जग्गामा मेरो ५ प्रतिशत लगानी छ । अन्य साथीहरुको १० देखी २५ प्रतिशतका दरमा सामुहिक साझेदारीमा जग्गा खरिद भएको हो ।सबैले मिलेर पैसा हालेर काम भएको बताए । यसरी खरिद गरेको जग्गाको अपुग पैसा बैंकबाट कर्जा लिएर तिर्ने प्रयोजनमा बैंकको विस्वासका लागि वाग्लेको नाममा जग्गा नामसारी गरिएको हो ।

बैंकमा वाग्लेको नामबाट कर्जा लिएर जग्गाको रकम फरफार गरिएकोमा वाग्लेकै ब्यवस्थाका कारण लामो समय जग्गा विक्रि हुन सकेन । जस्का कारण समस्या बढ्दै गएको हो । उक्त जग्गाको शंरक्षण सुरुबाटै आफुले गर्दै आईरहेको छु । सो वापत मलाई मासिक २५ हजार रुपैंया समेत दिने सहमती थियो । लगानीकर्ता मध्य जग्गा नजिकै मेरै घर पर्छ । हाल आएर मलगायतका साथीलाई वाग्लेले जबरजस्ती पन्छाउने प्रयास गरेका हुन् ।

उनको वाग्लेको सल्लाहमै किसानहरुलाई खेतीगर्न दिईएको हो ,तर उनले आज आएर दादागिरी गर्ने प्रयास गरे । उनको विवाद हामीसँग भएनि किसानको बालि र सन्तान उस्तै हो भन्ने हेक्का राखेनन् । त्यसको परिणाम सहज नहुने खतिवडाले बताए ।

जग्गा ब्यवसायी वाग्ले उनै हुन् जस्ले जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा ६ विगाह ८ कठ्ठा सार्वजनिक मसानघाटको जमिन विभिन्न ब्यक्तिलाई बेचेका थिए । उक्त जमिन किर्ते गरी ब्यक्तिको नाममा लगिएको प्रमाणित भएपछि स्थानिय तहको सिफारिसमा केही समय अघि मालपोत कार्यालय सिमराले सरकारीकरण गरेको थियो ।

सम्वन्धित समाचार :