काठमाडौं –अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।
काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुमउद्घाटन गरिएको छ । कलाकारहरू ऋचाशर्मा, नीतिशाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन् ।
एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नवसमृद्धि इन्टरप्राइजेजले नेपालमा पहिलो पटक भित्र्याएको हो ।
दरबारमार्ग स्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताएका छन् ।
‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मल देखि क्याजुअल सम्मका सामग्रीहरू चाँडै उपलब्ध हुने छन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने।
नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ । एक महिना भित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्ष भित्र विस्तार गरिने छ ।’
इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभलिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए।
‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यानदिइएको छ, नेपाली उपभोक्ता माथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने।
कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइन मार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनले बताए।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy