मुकेश कुमार यादव
२०७६ चैत्र ११ पछि मुलुक लकडाउन अर्थात् वन्दावन्दीको अवस्थामा छ । २०७७ असार १ देखि लकडाउनमा केही लचकता अपनाइएपनि विद्यालयहरू बन्द छन् । सबैखाले विद्यार्थीहरूको नियमित पठनपाठन बन्द छ । विश्वव्यापी कोभिड १९ रोग को महामारीले नेपालको शिक्षा प्रणाली नराम्ररी प्रभावित भएको छ। कोभिड १९ सङ्क्रमणको बढ्दो दर सँगै यो क्षेत्रको अन्यौलता अझै बढेपछि सिरहाको एक विद्यालयमा वैकल्पिक सिकाई बाट पठनपाठन सुचारु गरेका छन ।
श्री जनता नमुना माध्यमिक विद्यालय प्राविधिक धार कृषि बाली विज्ञान बरियारपट्टीले वैकल्पिक सिकाई अन्तगत अनलाईन कक्षा सञ्चालनका लागि नेपाल टेलिकमका सि यु जि सिम करिब १५० थान वितरण गरेका छन ।यसै विद्यालयको प्रधानाध्यापक बिरवल यादवले भने हाम्रो विद्यालय तराईको अति दुर्गम ठाउँमा हो भन्दा पनि हुन्छ । विद्यार्थिहरुको लागि अनलाईन पठनपाठन संचालन गर्दा कुने बेला विधुत हुदैन त कुनै वेला ईन्टरनेट हुदैन । त्यसैले अनलाईन कक्षा संचाल गर्नको लागि नेपाल टेलिकमको सि यु जि सिमकाड ३०० वितरण गर्ने उदेश्य रहेका छन जुन कक्षा ९ देखि १२ सम्मको विद्यार्थिका छन ।
वलविकास देखि कक्षा ५ सम्म टोल टोलमा विद्यार्थि भेला गरी जम्मा ६ वटा वैकल्पिक हबहरु सञ्चालमा रहेको प्रधानाध्यापक यादवले सिमा पोष्ट संग भने ।
त्यस्तै श्री जनता माध्यमिक विद्यालय देउरीपट्टीले पनि कक्षा ९ देखि १२ सम्म अनलाई पठनपाठन संचालन गरेको बरियारपट्टी गाउँपालिकाको शिक्षाशाखा प्रमुख पतासि यादवले वताए ।
नयाँ शैक्षिक शत्रको सुरुवात सँगै वैशाख महिनाको पहिलो २ हप्ता भर्ना अभियान सञ्चालन गरी विद्यार्थी भर्ना गर्ने प्रक्रिया यो वर्ष हुन सकेन । सामुदायिक विद्यालयहरूले तल्लो कक्षाको नामावली माथिल्लोमा चढाएर सोही बमोजिम पाठ्यपुस्तक वितरण गरेका छन् भने निजी विद्यालयहरुलाई विद्यार्थी अभिलेखन र भर्नाकोको विषय सकसको विषय बनेको छ । कक्षा ५ छोडेर अन्य विद्यालयमा कक्षा ६ मा वा कक्षा ८ छोडेर कक्षा ९ मा भर्ना हुन जानुपर्ने विद्यार्थीहरूको अलमल यथावतै छ।