बारा
२७ कार्तिक २०७७
जिल्लाका विभिन्न स्थानबाट २ सय ४७ जना मानिस हराएका छन् । हराउनेहरुमा सबै भन्दा धेरै बालिका भएको बारा प्रहरीले जनाएको छ ।
आर्थीक बर्ष २०७६।०७७ मा १२६ बालिका हराएका थिए । जसमध्ये ७१ जना फेला परे भने बाँकी ५५ जनाको अझै खोजतलाश जारी रहेको प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिनुभयो ।
यस्तै यस अवधिमा ९० जना महिला हराएकामा ४२ फेला परे । २५ जना बालक हराएकामा १८ फेला परेका छन् । ३ जना बयस्क पुरुष र ३ जेष्ठनागरि समेत यस अवधिमा हराएकामा १,१ जना फेला परेका छन् ।
यसरी बालिका, महिला ,बालक, बयस्क पुरुष तथा जेष्ठ नागरिक गरी २ सय ४७ जना मानिस जिल्लाका विभिन्न स्थानबाट हराएको भनी प्रहरीमा उजुरी दर्ता भएको नायव प्रहरी उपरिक्षक मिश्रले जानकारी दिनु भयो ।
सो आर्थीक बर्षको मंसिरमा सबैभन्दा धेरै मानिस हराएको उजुरी प्रहरीमा परेको छ । २०७६ मंसिरमा ४२ जना हराएकामा १९ जना बालिका छन् । हराएका मध्य अधिक बालिका देखिनमा सानै उमेरमा आफुखुशि भागि विवाह गर्ने गरेको पाईएको मिश्रले जानकारी दिनु भयो ।
यस्तै भदौ असोज र फागुनमा समेत क्रमश ३१, ३२ र ३१ जना मानिस हराएको उजुरी प्रहरीमा दर्ता भएको छ । हराएका मध्य ४८ जना महिला, ५५ बलिका, ७ बालक, २ बयस्क पुरुष र २ जष्ठ नागरिक गरी अझै ११४ जना मानिस खोजि सुचिमा रहेको छन् ।
हराएका मध्य कतिपयको खोज तलाश जारी रहेको छ । हराएका उजुरी दिनेहरुबाट बारम्बार तागेदा गर्नेहरु छैनन् । प्रहरीमा उजुरी गरे पश्चात परिवारको सम्पर्कमा आएका, भागि विवाह गरेका , आफन्तको सम्पर्कमा आएकाहरुको संख्या अधिक छ । जस्को जानकारी प्रहरी सम्म नआएको पाईएको वहाँले बताउनु भयो ।
हराएकहरुको दुरुपयोग भएको बेचिएको, हत्या भएको वा लाश भेटिएको अवस्था नभएको वहाँको भनाई छ ।