गाउँका मसिना विवाद जिल्लामा तानेर अनावश्यक राजनैतिक खेल गर्ने र यसैबाट गुजारा चलाउने काम पनि हाम्रो मधेशमा छः पूर्व जिल्ला सभापती छटुप्रसाद यादव

पुष्पराज खतिवडा
२७ कार्तिक २०७७
बारा
बुधबार अपराहन्न जिल्ला प्रहरी कार्यालय पछाडी दुईवटा पंचायती चलिरहेको थियो । अर्को एउटाका लागि मानिसहरु जम्मा हुँदै थिए ।

प्रहरीकै रोहवरमा भैरहको एउटा झगडाको पंचायतीमा एकै छिनमा हातहालाहाल झैं हुन्थ्यो, ठुलो स्वार गर्थे ,केहीले छुट्याउँथे, केहीले सम्झाउँथे प्रहरीले सानो स्वरमा बोल्नु भनेर दवाद दिन्थे । त्यही पंचायतिमा बाराका पूर्व जिल्ला सभापती छटुप्रसाद यादव, जसपा नेपालका केन्द्रिय सदस्य जितेन्द्र सिंह, अर्का श्याम गुप्ता लगायत सहभागि थिए ।

घटना पिपरपाति पचरौताको हो । गाउँका केही यूवाहरुको सामान्य झगडा थियो । उतै मिलाउन सक्ने हुँदाहुँदै पनी केहीको उक्साहटमा प्रहरीमा निवेदन परेछ । सोही विषयमा दुवै पक्षलाई राखेर छलफल गराई मिलापत्र गराउने प्रयास थियो , र भयो पनि पंचायतीमा सहभागी पूर्व सभापती यादवले सुनाउनु भयो ।

गाउँघरमा भएका साँधसिमाना, गाली गलौजका कुटपिट , परिवारिक किचलोका दर्जनौं उजुरी प्रहरीमा आउँछन् । दैनिक दर्ता हुने उजुरीको प्रकृती हेरी मिलाउन सकिने केशमा प्रहरीकै रोहवारमा दुवैपक्ष बोलाएर छलफलको माध्यमबाट समाधान खोज्ने गरिन्छ । दैनिक २० वटा भन्न बढी मुद्दामा छलफल गराई दुईपक्ष विच मिलापत्र गराएर पठाउने गरिएको प्रहरीका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

गत आर्थिक २०७६।०७७ मा १ हजार ४२३ उजुरी दर्ता भएकामा ६२३ वटा मिलापत्रमा टुँगिएका थिए । श्रीमान् श्रीमती विचका सामान्य झगडा, सासु बुहारी विचका विवाद जस्ता घरभित्रका झगडा (घरेलु हिंसा)का ६७४ उजुरी पेरकामा ३१६ मिलापत्र भए । त्यस्तै छरछिमेक विचका विवाद, भनाबैरी, साँधसिमाका झगडा (सामाजिक हिंसा)का ७४९ उजुरी परेकामा ३०७ मिलापत्र भएको डिएसपी मिश्रले बताउनु भयो ।

सामान्य खरकिचलाका उजुरी सिधैं प्रहरीमा त कतिपय जिल्ला प्रशासन कार्यालयको माध्यमबाट प्रहरीमा आउने गरका हुन् ।कार्यालयमा प्राप्त उजुरीको प्रकृती हेरी मिलापत्र योग्य विवाद भद्रभदाद्मीहरु समेतको रोहवरमा मिलाएर पठाउने गरिएको वहाँले बताउनु भयो ।
प्रहरीकै रोहवरमा दुवैपक्षका कुरा मसिनोसँग केलाएर छलफल राईन्छ ।

विवादको छलफल भएकाले एकैछिन कोही कराउँछ ,रिसाउँछ हामी सम्झाउँछौं । छलफल सौर्हाद वातावरणमा हुँदै मिलापत्रमा पुग्छ । एकपक्षले केही छाड्ने र अर्कापक्षले केही पाउने हुन सक्छ । यसबाट झगडीयाको धनसँगै प्रहरी, समाजिक अगुवा सकैको समयको बचत हुने वहाँले बताउनु भयो ।
कतिपय उजुरी पर्ने तर गाउँघरमै मिल्ले र सोको जानकारी नआउने पनि गरेका हुन्छन् । गाउँगाउँमा न्यायलय भएपनी प्रहरीमा उजुरी घट्नु पर्ने हो ,तर बढिरहेको वहाँको भनाई छ ।
वर्तमान संविधानले पालिकाहरुका उपप्रमुखको नेतृत्वमा न्यायपालिकाको अधिकार समेत दिएको छ ।

तर अर्को पाटीको मान्छेको हातमा न्यायको अधिकार छ, तर राजनैतिक पूर्वाग्रहमा प्रभावकारी न्याय सम्पादन नहुने भन्दै उजुरी यतै आउँछ । फर्काउने मिलेन, अझ कतीपय उजुरी त सोर्सफोर्स अनि दवावमा दर्ता गरेर मिलापत्र गराएर पठाउनु परेका धेरै छन् डिएसपि मिश्रले सुनाउनु भयो ।

स्थानिय तहको न्यायपालिकामा निवेदन दिँदा ओझ घट्ने, जिल्लामा दिँदा ठुलै काम गरेको भान हुने मानसिक समस्या समाजमा छ । प्रहरीमा निवेदन दिएर देखाईदिँए भनेर धक्कु लगाउने प्रचलन पनि छ । जिल्लामा बस्ने अनी गाउँका मसिना विवाद जिल्लामा तानेर अनावश्यक राजनैतिक खेल गर्ने र यसैबाट गुजारा चलाउने काम पनि हाम्रो मधेशमा छ । जुन समाधान नभई समस्याको रुपमा जकडिएको पूर्व जिल्ला सभापति यादव बताउनु हुन्छ ।

सामान्य विवादहरु छलफलबाट मिलाउन सके सबैको हित हुन्छ । रिसमा उजुरी गर्ने र फुर्सदमा पछुताउने घटना धेरै भएका छन् । कसैको एउटा सामान्य विवादका उजुरी लिएर अदालत जानु भनेको राम्रो होईन । उजुरीकर्ता र प्रतिवादीले कालान्तरमा समाजमा मिलाईदिने कोही नहुँदा भनेर ग्लानी गर्नु परेका थुप्रै घटना हामीले देखेका छौं,यादवले भन्नु भयो ।

जिल्ला प्रहरी कार्यालय बारा

त्यसैले जनप्रनिधि, सामाजीक अगुवा र प्रहरीको सानो प्रयास दुई परिवार , दुई झगडियाका लागि ठुलो नोक्सानीबाट बचाउने रामबाँण हुन सक्ने पूर्व सभापती यादव बताउनु हुन्छ ।

सम्वन्धित समाचार :