बारा
२५ कार्तिक २०७७
प्रदुषण नियन्त्रणको माग गर्दै स्थानियले चिनि उद्योगमा ताला लगाएका छन् ।
कलैया उपमहानगरपालिका २४को श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रीज प्रा.लि.को प्रदुषणबाट जनजीन प्रभावित बनेको भन्दै स्थानियले उद्योग बन्द गरेका हुन् । प्रदुषण नियन्त्रण र क्षेतीपूर्तीको माग सहित श्रीपुर,मझौलिया, उत्तरझिट्कैंका सायौं स्थानिय उद्योग विरुद्ध खनिएका हुन् । उनीहरुले सोमबार अपराहन्नबाट उद्योगको मुलगेट बन्द गरी धर्ना जारी राखेका छन् ।
प्रदुषण नियन्त्रण गर्न समुदायका तर्फबाट पटकपटक लिखित तथा मौखिक आग्रह गर्दा उद्योग ब्यवस्थापनले अटेर गरेका संघर्ष समितिका सदस्य ईनरदेव कुशवाहले बताए । उद्योगबाट निस्कने धुँवा र धुलोले जनजीवन नराम्ररी प्रभावित हुँदा समेत उद्योगले ब्यवस्था गरेपछी अनिस्चतकालिन संर्घषमा उत्रिएको उनले बताए ।
चिनी उद्योग हाता भित्र संचालनमा रहेको डिष्टलरीमा स्प्रीट प्रशोधनका क्रममा बोईलर तताउन बालेको धानको भुसको खरानी उडेर स्थानियको जनजीन प्रभावित बनेको हो ।
उद्योगबाट उडेको धुँवा र धुलो घर, बारी, भात भान्छा तथा कपडा झरिरहेको छ । जस्का कारण मानिसहरुका आँखा दुख्नु, टाउको दुख्ने, पखाला चल्ने श्वास प्रश्वासको समेत समस्या देखिएको स्थानिय विरेन्द्र गोसाँईले बताए ।
खेत खलियान हरियो सागसब्जी सबै तिर उद्योगको खरानीले बर्वाद बनाएको अर्का पिडित राजेन्द्र यादवले गुनासो सुनाए ।
२०७० साल असार ७ गते विभिन्न प्रदुषण नियन्त्रण गर्ने विषयमा १८ बुँदे सहमती भएको थियो । अधिक प्रदुषण गर्ने भट्टी बन्द गर्ने, प्रदुषण न्यनिकरण गर्ने उपकरण जडान गर्ने, पिडित स्थानियलाई उद्योग सहयोग गर्ने, लगायत विषय थिए । आठबर्ष हुनै लाग्दा समेत उद्योगले कार्यान्वन नगरेको संघर्ष समितिका कुशवाहले बताए ।