पुष्पराज खतिवडा
बारा
२५ कार्तिक २०७७

सोमबार साँझ कलैया उपमहानगरपालिका २४ सखुईमा आगलागी हुँदा ८ वटा घर गोठ जलेर नष्ट भएको छ । आगलागिबाट बिसौंलाख रुपैंयाको क्षेती भएपनि कारण खुल्न सकेको छैन ।

आगलागीबाट शोभालाल चौधरी, रामऔतार चौधरी, रामलाल चौधरी, नन्दु चौधरी, सिशुपाल चौधरी, कारी चौधरी, बाबुराम अधिकारी थारु र राम किशोर चौधरीको घर जलेर पूर्णरुपमा नष्ट भएको वडा अध्यक्ष हरिलाल चौधरीले जानकारी दिए ।

आगलागीमा मानविय क्षेती भएको छैन । यद्यपी घरभित्र रहेका अन्नपाल, लत्ताकपडा, भाँडा वर्तन, नगद, गहना गरी विसौंलाखको क्षेती भएको अनुमान गरिएको उनले सुनाए ।

आफुहरु ज्याला गर्न गएका बेला घरमा आगलागी भएकाले कहाँबाट र कसरि आगो लाग्यो भन्न नसकिने पिडित रामऔतार चौधरीले बताए । आगलागिबाट ठुलो क्षेती भएको उनले बताए ।
धान काट्न गएका थियौं । घरमा आगो लागेछ । ज्यालाबनी गरि ल्याएको अन्नपात जलेर नष्ट भयो । बालबच्चालाई के ख्वाउँनु कहाँ सुताउनु । हामी बर्वाद भयौं, पिडित राम किसोरकी पत्नी शंझा देवीले गुनासो गरिन् ।

करिब ४ बजे घरहरुमा सल्कीएको आगोले करिब पौने घण्टामा आठवटै घरनष्ट गरेको स्थानियले बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी वल नेपाल, निजगढ नगपालिका, कलैया उपमहानगरपालिकाका बारुण यन्त्र एवं स्थानियबाट एक घण्टा भित्र आगो नियन्त्रणमा आएको हो ।


आगलागी पिडीतलाई कलैया नगरपालिकाले मंगलबार खाध्यान्न दाल चामल वितरण गरेकोछ । आजै साँझ सम्ममा त्रिपाल भाँडावर्तन, ओड्ना ओछ्याउने प्रदान गरिने वडा अध्यक्ष हरिलाल चौधरीले जानकारी दिए ।

सम्वन्धित समाचार :