Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मानव अधिकार तथा शान्ति समाजले ९ जना स्रष्टालाई सम्मान गर्ने

न्युजडेस्क न्युजडेस्क
२४ कार्तिक २०७७, सोमबार
45
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter


पुष्पराज खतिवडा
बारा
२४ असोज २०७७


मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ मा स्थापना भएको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले विभिन्न विधामा योगदान गर्ने ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । आगामी २९ गते काठमाण्डौ, दाङ, विरगञ्ज, नवलपुर र धनगढीमा एकैसाथ स्रष्टा सम्मान अर्पण विशेष कार्यक्रम आयोजना हुने समाजले जनाएको छ । पुरस्कृत स्रष्टाहरुबारे संक्षिप्त विवरण समाजले आफ्ना सदस्यहरुलाई पठाएर सार्वजनिक गरेको छ ।
सम्मानित हुने स्रष्टाहरुको विवरण यस प्रकार छ ।
अशेष मल्ल ः नेपालमा सडक नाटकको जन्मदाता
मानव अधिकार तथा शान्ति समाजद्वारा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मानद्वारा पुरस्कृत अशेष मल्ल वि।स २०११ साल चैत २१ गते धनकुटा जिल्लामा जन्मनुभएको थियो । श्रष्टा अशेष मल्लका ‘सडकदेखी सडकसम्म’ नाटक संग्रहसहित दुई दर्जन कृतिहरु र सयौ रचनाहरु प्रकाशित भएका छन् । नेपालमा सडक नाटकको जन्मदाताका रुपमा परिचित मल्लले शान्ति, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा समेत गरि १ सय भन्दा बढी सडक नाटकको लेखन÷निर्देशन गर्नुभएको छ ।

आहुति ः सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा
शान्ति समाजद्वारा वर्ष २०७७ सालको पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मानद्वारा पुरस्कृत आहुतिको जन्म २०२४ साल चैत १ गते काठमाण्डौमा भएको थियो । श्रष्टा आहुति ९विश्वभक्त दुलाल०का ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’सहित ५ वटा पुस्तक प्रकाशित छन् । सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा आहुतिका हजार भन्दा बढी लेख रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

नीलम कार्की निहारिका ः नेपाली साहित्यको जगमगाउदो नक्षत्र
शान्ति समाज द्वारा वर्ष २०७७ सालको राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मानद्वारा पुरस्कृत नीलम कार्की निहारिकाको जन्म २०३१ चैत २७ गते पाल्पामा भएको थियो । श्रष्टा नीलम कार्की निहारिकाका बहुचर्चित उपन्यास योगमाया, चीरहरण, त्रिचालीस कथा ९कथा संग्रह० सहित ११ वटा कृतिहरु प्रकाशित छन् । ऐतिहासिक विषयमा रुची राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने कार्की उपन्यास र कथाको क्षेत्रमा चर्चित हस्ताक्षर हुनुहुन्छ ।

व्याकुल माईला ः राष्ट्रिय गानका रचनाकार
शान्ति समाज द्वारा वर्ष २०७७ सालको चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मानद्वारा पुरस्कृत व्याकुल माइला ९प्रदिपकुमार राई० को जन्म २०२९ चैत २५ गते ओखलढुंगामा भएको थियो । नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माईला ९प्रदिप कुमार राई०का ‘विउ अक्षर’ ९वाम्वुले राई भाषामा० सहित २ वटा कृतिहरु र दर्जनौ रचना प्रकाशित छन् ।

प्रमोद प्रधान ः पाँच दशक लामो साहित्य साधना, कविता, बाल साहित्य, समालोचना र अनुसन्धानमा अग्रणी स्रष्टा
शान्ति समाज द्वारा वर्ष २०७७ सालको ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मानद्वारा पुरस्कृत प्रमोद प्रधानको जन्म २०१५ असोज १५ गते विराटनगरमा भएको थियो । श्रष्टा प्रमोद प्रधानको ‘नेपाली बाल साहित्यको इतिहास’ लगायत ३२ वटा कृतिहरु प्रकाशित भएका छन् । त्यसमध्ये आधा दर्जन बढी कृति समालोचनाका र २१ वटा बाल साहित्य र अन्य कविता संग्रह रहेका छन् ।

गोविन्दराज बिनोदी ः नेपाली साहित्यका अथक साधक
शान्ति समाज द्वारा वर्ष २०७७ सालको महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मानद्वारा पुरस्कृत श्रष्टा गोविन्दराज विनोदीको जन्म २०१० साउन २८ गते कास्कीमा भएको थियो । हाल गैडाकोट नवलपुर निवासी श्रष्टा गोविन्दराज बिनोदी ९गिरी०का ‘शूर्पणखा’ खण्डकाव्यसहित १ दर्जन बढी कृतिहरु प्रकाशित छन् भने लोकतन्त्र, स्वतन्त्रताको पक्षमा समेत गरी १५ सय भन्दा बढी फुटकर रचनाहरु सृजना गरिसक्नुभएको छ ।

ज्ञानुवाकर पौडेल ः गजल सम्राटको रुपमा समेत प्रसिद्धि
शान्ति समाज द्वारा वर्ष २०७७ सालको जोगमाया बराल श्रष्टा सौगात द्वारा पुरस्कृत ज्ञानुवाकर पौडेलको जन्म २००४ जेठ २२ गते काठमाण्डौमा भएको थियो । नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा अग्रणी श्रष्टा ज्ञानुवाकर पौडेलका ‘खण्डहर नयाँ नयाँ’ गजल संग्रहसहित ५ वटा कृति र सयौ रचनाहरु प्रकाशित भएका छन् ।

श्रेष्ठ प्रिया पत्थर ः साहित्यमा सधै फर्किरहेको फूल
शान्ति समाज द्वारा वर्ष २०७७ सालको राधादेवी दाहाल श्रष्टा सौगातद्वारा पुरस्कृत श्रेष्ठ प्रिया पत्थर सुदुरपश्चिमको साहित्यिक गुलाबको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँको जन्म २०२१ साउन ७ गते डोटीमा भएको हो । हाल टिकापुर कैलाली निवासी श्रेष्ठको पतिङ्गर, रंगभुमी लगायत १७ वटा कृति प्रकाशित छन् ।

वसन्ती कुमारी शाही ः कर्णालीकी बुहारी
शान्ति समाज द्वारा वर्ष २०७७ सालको भुमीप्रसाद बराल श्रष्टा सौगातद्वारा पुरस्कृत वसन्ती शाहीको जन्म २०२५ वैशाख १५ गते बझाङमा भएको थियो । खर्पुनाथ गाउँपालिका हुम्लाकी श्रष्टा वसन्ती कुमारी शाहीको ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह, ‘आधा जीवन’ उपन्यास गरी दुई पुस्तक र दर्जनौ रचनाहरु प्रकाशित छन् ।

बालिका चौधरी ः अनवरत साधक
शान्ति समाज द्वारा वर्ष २०७७ सालको श्रीप्रसाद दाहाल श्रष्टा सौगातद्वारा पुरस्कृत बालिका चौधरीको जन्म २०३८ वैशाख ५ गते दाङमा भएको थियो । बर्दिया निवासी श्रष्टा बालिका चौधरीको ‘जीवनका वक्र रेखाहरु’ नामक पुस्तक थारु र नेपाली भाषामा प्रकाशित हुनुका साथै अंग्रेजीमा प्रकाशोन्मुख रहेको छ । चौधरीले थारु भाषामा गीत, कविता लेख्दै आउनुभएको छ भने दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् ।

रेणु गुप्ता ः बज्जिका लोक साहित्यको अग्रणी श्रष्टा
शान्ति समाज द्वारा वर्ष २०७७ सालको श्रीनारायण दाहाल श्रष्टा सौगातद्वारा पुरस्कृत रेणु गुप्ताको जन्म २०३५ फागुनमा कलैया बारामा भएको थियो । रौतहट निवासी श्रष्टा रेणु गुप्ताको ‘जोगी र चोरी’ ९बाल लोककथा संग्रह० प्रकाशित भएको छ । यसका अतिरिक्त गुप्ताले भोजपुरी र बज्जिका भाषामा तीन वटा पुस्तकको अनुवाद गर्नुभएको छ । बज्जिका भाषाको लोक साहित्य क्षेत्रमा योगदानका लागि परिचित गुप्ताका भोजपुरी बज्जिका र नेपाली भाषामा दर्जनौ लघुकथा, कविता र लेखहरु प्रकाशित भएका छन् ।

((
मानव अधिकार तथा शान्ति समाजबारेः
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको (समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२४ कार्तिक २०७७, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२४ कार्तिक २०७७, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२४ कार्तिक २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२४ कार्तिक २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२४ कार्तिक २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२४ कार्तिक २०७७, सोमबार
Next Post
८ घर जलेर नष्ट, विसौंलाखको क्षेती, पिडितलाई उपमहानगरको सहयोग

८ घर जलेर नष्ट, विसौंलाखको क्षेती, पिडितलाई उपमहानगरको सहयोग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी