कलैया बारा
राजपा नेपालका केन्द्रीय सदस्य सहित दुईसय बढी मानिस विभिन्न पार्टी परित्याग गरी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

विहिबार कलैयामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीमा कृयाशित जिल्ला तथा पालिका तहका नेता कार्यकर्ता पुरानो पार्टी परित्याग गरी जनमत पार्टीमा लागेका हुन् ।
उनीहरु सबैलाई जनमत पार्टीका संस्थापक सदस्य एवं केन्द्रिय सदस्य अब्दुर खानले अविर लगाएर स्वागत गरेका छन् ।

अन्य पार्टी परित्याग गरि जनमतमा प्रवेश गर्नेहरुमा तत्कालिन राजपा नेपालका केन्द्रिय सदस्य रामबाबु साह, तत्कालिन नेकपा माओवादीबाट फेटा गाउंपालिकाको उपमेयर पदकी उमेदवार समेत रहेकी रम्भा देवी साह समेत छिन् ।

यस्तै माछा मासु ब्यवसायी संघ बाराका अध्यक्ष भोला अंसारी, सिलाईकटाई संघका अध्यक्ष रहम मनसुर, राष्ट्रिय वाणिज बैंकंका पूर्व कर्मचारी कैलाश ठाकुर र प्रध्यापक हरि प्रसाद पटेल सहितका सयौं राजनीतिक तथा गैरराजनैतीक ब्यक्तित्वहरु जनमत पार्टीमा प्रवेश गरेका जनमत बाराले जनाएको छ ।

जनमन पार्टी प्रवेश गर्नेहरुमा जनता समाजबादी पार्टीका सबैभन्दा धेरै छन् । त्यस्तै नेकपा, नेपाली काँग्रेसका पालिका स्तरका दर्जनौ कार्यकर्ता भएको जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज सुरेश साहले बताए ।

जिल्ला ईन्चार्ज शुरेस साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य ओमप्रकाश साह, सल्लाहका समितिका प्रमानन्द प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो । यस्तै जिल्ला सदस्य विजय गुप्ता, मक्सुद आलम, मोहम मुस्ताक, कार्तिकदेव पाण्डे तथा राम साह लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार :