बारा
१९ कार्तिक २०७७
जिल्लाको करैयामाई गाउँपालिका–५, ढोडिया स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको गोदाम घरको बुधबार पुजापाठ गरी उद्घाटन गरिएको छ । आर्थीक बर्ष २०६७।०७७ मा जिल्ला कृषि ज्ञान केन्द्र बाराको ५० प्रतिशत लागत अनुदानमा गोदाम निर्माण भएको हो ।
करिब ३२ लाख लागतमा निर्माण सम्पन्न भएकोे गोदाममा २ हजार मटिक टन धान भण्डारण गर्न सकिने संस्थाले जनाएको छ । गत चैत्रबाट निर्माण सुरु गरी केहीसाता अघि मात्रै निर्माण कार्य सम्पन्न भएको संस्थाका प्रबन्धक भुपेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।संस्थाले २०७७ कार्तिक २० गतेबाट नेपाल सरकारले निर्धारण गरेको समर्थन मुल्यमा आसपासका किसानहरुको धान खरिद गर्ने प्रबन्धक चौधरीले बताए ।
गोदाम घर उद्घाट कार्यक्रममा कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र प्रसाद यादव, करैयामाई गाउँपालिका वडा नं.५का अध्यक्ष उमेश चौधरी, संस्थाकी अध्यक्ष कान्ती देवी थरुनीका साथै संस्थाका संचालक समितिका सदस्य ,कर्मचारी तथा गोदाम घर निर्माण समितिका पधादिकारीहरु लगायतको सहभागिता रहेको थियो ।