सवारी चाप अधिक तर छैनन् उपकरण
पुष्पराज खतिवडा
बारा
१८ कार्तिक २०७७
मेशिन अभावमा सवारी चालकको मुख सँुघेर मादक पदार्थ सेवन (मापसे) गरे नगरेको चेक गर्नु परिरहेको मानम मटिअर्वा सडक खण्डको बडहर्वामा खटिएका प्रहरीले बताएका छन् ।
पथलैया विरगजं सडक निर्माणका क्रममा रहेकाले पछिल्लो समय बिरगजं जाने आउने सवारी समेतको अध्याधिक चाप यस सडकमा छ । बढ्दो सवारी चाप थेग्दै शुरक्षार्थ खटिएका प्रहरीले जोखिम मोलेररै काम गर्नु परिरहेको हो ।
मादक पदार्थ सेवन गरे नगरेको चेक गर्ने मेशिन ब्रेथएनलाईजरको हामीसँग छैन । मेशिन अभावमा चालकको मुख सुँघेर मापसे जाँच गर्ने गरेको प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक रमाकान्त प्रसाद यादवले बताए ।
कोराना महामारीका विच जोखिम मोलेर सवारी चेक जाँचगर्नु हाम्रो बाध्यता छ । यस सडक खण्डमा दुर्घटना बढिरहेका छन् । मापसे गरेर लापरवाही ढंगबाट सवारी चलाउनेहरुका कारण दुर्घटना बढेको पाईएकाले जोखिम मोल्नु हाम्रो बाध्यता बनेको उनको भनाई छ ।
सडक शुरक्षाका लागि मापसे चेक गर्ने ब्रेथएनलाईजर, रातीको समयमा अनिवार्य हुने म्याजिक लाईट तथा टत्कीने (फोर्ससिट) ज्याकेट समेत छैन । रातको समयमा टाढैबाट देखिने ज्याकेट तथा म्याजिक लाईट नहुँदा चालकले सवारी रोक्न नमान्ने गरेको सहायक निरिक्षक यादवले बताए ।
सडक शुरक्षामा खटिँन चाहिने सामाग्रि अभावका विच पनि जनपथ र ट्राफिक प्रहरी मिलेर संयूक्त रुपमा नियमित सवारी चेकजाँच भैरहेको छ । नियमित अनि चुस्त सेवा प्रवाह भैरहेको ट्राफिक प्रहरी सहायक निरिक्षक लाल यादवले बताए ।
हामीसँग टल्कीने ज्याकेट मात्रै छ । जनपथसँग त्यो पनि छैन । अन्य सामाग्री माग गरेकाछौं आएको छैन । समस्याका विच जोखिम मोलेर सेवाका कमि हुन दिएका छौनौं, यादवले भने ।
प्रहरीको निमित उपस्थीतीसँगै मापसे गरी सवारी चलाउने, कागजातका विना सवारी प्रयोग, हेल्मेटको नलगाई हिड्ने र दु्रतगती नियन्त्रणमा भैरहेको ट्राफिक प्रहरी सहायक निरिक्षक यादवले बताए ।
सदरमुकाम कलैया र पूर्वपश्चिम राजमार्गको बिचमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा ट्राफिक विट सहितको प्रहरी शुरक्षाले दुर्घटना न्युनिकरणमा भुमिका खेलेको स्थानिय दुर्गा दाहालले बताए ।
यता जिल्ला टाफिक प्रहरी कार्यालय निजगढ बाराका प्रमुख प्रहरी निरिक्षक सुरेश थापाले प्रहरीसँग सवारी चेकजाँचमा आवश्यक हुने सामाग्रि कम रहेको बताए ।उनले भने “ चेकजाँचमा आवश्यक हुने सामाग्रि सिमित मात्रामा छन् ।
यस्ता साधनहरु विभिन्न स्थानमा पालैपालो गरी छड्के चेकजाँच प्रयोग गर्ने गरेका छौं । ” सावारीदुर्घटना न्यनिकरण गरी मावन शुरक्षामा अत्यावस्य सामाग्रि सहयोगका लागि स्थानिय निकायहरुसँग समन्वयको काम भैरहेको थापाले बताए ।
फोटोमा ः मानमत मटिअर्वा सडकखण्डको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा सोमबार साँझ चालकको मुख सुँग्दै प्रहरी ।