बारा
१६ असोज २०७७
नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का महासमिति सदस्य एवं तरुण विभागका केन्द्रिय सदस्य आदर्शकोटवाल गाउँपालिका–५ टेडाकट्टी निवासी मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । उच्च रक्तचापको विरामी रहेका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए । बिरगजंको नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
दशैंको नवरात्र ब्रत लिएका मण्डल कमजोरी र श्वास प्रश्वासमा समस्या आएपछि स्थानिय स्वास्थ्य संस्थाबाट औषधी खादै आएका थिए । कोरोना संक्रमणको आशंमा शनिबार नारायणी अस्पताल विरगजंमा पीसीआर परीक्षण गरिएको थियो । रिपार्ट पोजेटिभ देखिएपछी अस्पतालले बाबा होटल आइसोलेसन लैजान भनेको थियो ।
त्यहाँ राम्रो उपचार हुने नदेखेपछि थप उपचारका काठमाण्डौं लैजाँदै गर्दा उनको बाटोमा निधन भएको सभापती यादवले बताए ।
मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ । आईतबार बिहान करिब ३ बजे मृत्यु भएका उनको आजै आफनै गाउँमा रहेको अडुवा नदीमा धार्मिक विधिअनुसार अन्त्यष्टी गरिएको छ ।
नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादब र सिम्रौनगढका नगरप्रमुख बिजय शंकर यादबले पार्टीको झण्डा ओडाएका थिए ।
यस्तै कोरोना संक्रमणकै कारण नेपाली काँग्रेसका नेता तथा पूर्व प्रसौनी गाबिसका अध्यक्ष ५८ बर्षिय दिनेश प्रसाद साह कलवारको गत विहिबार मृत्यु भएको थियो ।
कोरोना संक्रमणबाट जिल्लाका होनाहार कार्यकर्ता गुमानु पर्दा सिंगो नेपाली काग्रेस बारा शोकमा परेको काँग्रेस बाराका सचिव मनोज भट्टले सुनाए ।
कोरोना संक्रमणबाट बारामा मात्रै ५ महिला सहित २७ जनाको निधन भइसकेको कोभिड फोकल पसर्न बारका शंकर गुप्ताले बताए । उनका अनुसार बारामा कुल संक्रमितको संख्या १ हजार ५७८ पुगेको छ ।
जसमध्य २७ जनाले ज्यान गुमाए भने ४८ महिला सहित हाल १६३ जना होम आइसुलेसनमा छन् । बाँकी १ हजा ३८८ जनाले कोरोना संक्रमणलाई जितेको गुप्ताले जानकारी दिए ।