पुष्पराज खतिवडा
बारा
१४ कार्तिक २०७७
बिरगंज – पथलैया ६ लेन ब्यपारिक मार्ग निर्माणका क्रममा लापवाहि गर्ने युनाइटेड बिल्डर्सलाई कार्वाही र तत्काल काम सम्पन्न गर्नुपर्ने माग राखी जिल्लाको जितपुरमा चक्काजाम गरिएको छ । ठेकेदारले सडक खनेर अलपत्र पारेपछि जितपुरका संघ संस्थाका प्रतिनिधिहरुको अगुवाईमा स्थानीयहरु सडक अवरोधमा उत्रिएका हुन् ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नं.७ जितपुरका स्थानियले विरगजं पथलैया सडकखण्डको जितपुरमा सुक्रबार विहान साँडे ९ बजे देखी ३ घण्टा सडक अवरुद्ध पारेका हुन् ।
निर्माण कम्पनीले जीतपुरदेखी उत्तर सिमरा सम्मको ५.८ किलो मिटर सडक खनेर छाडेको छ । चौविसै घण्टा ब्यस्त रहेने यस सडकमा गुड्ने हजारौं सवारीका कारण धुलोधुँवाले जनजिवन प्रभावित बेको स्थानियले बताएका छन् ।
सडक अलपत्र हुँदा जितपुर बजारको ब्यपारमा समेत कमी आएको रदिनहुँ दुर्घटनाहरु बढ्दै गएकाले बाध्य भई चक्का जाम गर्नुपर्ने अवस्था सृजना भएको स्थानीय ब्यापारी बिन्देश्वरी गुप्ताले बताए ।
सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणमा चासो नदेखाएपछि चक्का गर्नु पर्ने अवस्था आएको अर्का स्थानिय राजुराज गिरीले बताए ।
युनाइटेड बिल्डर्स काठमाण्डौंले ०७३ असार २९मा ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैयाँ ठेक्का सकार गरेको हो । यस विच पटकपटक थप म्याद पाएको कम्पनीका लागि ०७७ माघ २८ गते भित्र सक्ने गरी अन्तीम पटक म्याद थपिएको आयोजनाले जनाएको छ । हाल सम्म उनले साईड क्लिरियन्सका सम्पुर्ण काम सहित ५० प्रतिशत काम सम्पन्न गरेका ब्यपारिक आयोजनाले जनाएको छ ।
साँडे ५ अर्ब लागतमा पथलैया देखी बिरगंज सम्म ३०.५ किलो मिटरको सडक निर्माण भैरहेको छ । पथलैया विरगजं ६लेन ब्यपारिक सडक निर्माणको कामको समग्रमा ६५ प्रतिशत काम सम्पन्न भएको योजना प्रमुख मनिष कुमार साहले जानकारी दिनु भयो ।
यस सडक खण्डमा ठेक्का सकार गर्ने १० कम्पनी मध्ये युनाइटेड बिल्डर्स र पप्पु कन्टक्सनले काममा ढिलाई गरेको अवस्था छ । युनाइटेड बिल्डर्सले भने पछिल्लो समय कामलाई गति दिँदै लगेको अवस्थामा दशैंका कारण कामदार घर गएकाले समस्या भएको बुझिएको साहले बताए ।
काम छिटो र समयमा सम्पन्न गर्न युनाइटेड र पप्पुलाई निरन्तर ताकेदा भैरहेको आयोजना प्रमुख साहले बताए । पप्पुले परवानीपुर आइसिपी प्याकेज क्षेत्रमा लिएका करिब ६ किलो मिटरका दुईवटामा करिब ५० प्रतिशत काम गरी अलपत्र पारेको उनको भनाई छ ।
© 2024: Sima Post | All right reserved | Privacy Policy