झडप नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर

१३ असोज २०७७
बारामा प्रहरी र स्थानिय विच झडप हुँदा एक बालक सहित तीनजना प्रहरी घाइते भएका छन् । झडप सुवर्णपुर गाउँपालिका २ कवही गोठमा बुधबार राती ८ः३० बजेतिर भएको हो ।
झडपमा परि स्थानिय १४ वर्षीय रन्जन यादव घाइते भएका छन् ।

उनको टाउकोमा प्रहरीले चलाएको गोलि लागेको स्थानिय रामलाल साहले बताए । बालकको बिरगजं स्थीत बयोधा अस्पतालमा उपचार भइरहेको छ । बालकको टाउकोको अपरेशन गरि गोलि निकालिएको छ ।
घटनामा एकजना सई सहित तीनजना प्रहरी घाइते भएका थिए । उनीहरूको कलैया अस्पतालमा उपचारपछी आज डिस्चार्ज भएको बाराका प्रहरी प्रमुख उपरिक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।
तस्करीको सामान नियन्त्रणमा लिँदा स्थानीयहरू प्रहरी माथि नै जाइलागे पछि झडप भएको हो । भारतबाट तस्करी गरी ल्याईएको १२ बोरा प्याज र तस्करीमा प्रयोग भएका भारतीय नंबरका ३ थान मोटरसाईकल नियन्त्रणमा लिई जिल्ला चलान गर्ने क्रममा तस्करसँगै लागेर स्थानियले प्रहरीमाथी ढुङ्गामुठा र तोडफोड गर्न थाले ।
नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्कर समुह विच झडप भएको बारा प्रहरी प्रमुख उपरिक्षक पंगेनीले बताए । तस्कर समुहसँगको झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइफायर गरेको उनले जानकारी दिए ।
हाल त्यहाँको अवस्था सामान्य रहेको उनले बताए ।

सम्वन्धित समाचार :